प्रचण्ड सङ नारायणकाजीको सम्बन्ध  बिग्रिए पछि ओलि तिर जाने तर्खर।

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको समूहलाई काठमाडौँमा शक्ति प्रदर्शन गर्न सबैभन्दा बढी चिन्ता खाली ठाउँ नभएकोमा हुन्छ´। आमसभामा हजारौँलाई उपस्थित गराउने उद्देश्य अनुसार गाउँ-गाउँबाट कार्यकर्ता ल्याए पनि खुल्ला ठाउँ नै नभएपछि सडकमै आमसभा गर्नुपर्ने बाध्यता पनि छ´।

शुक्रबारको विरोधसभा पनि सडकमै गर्दा बिहानैदेखि काठमाडौँको जनजीवनमा प्रभाव पर्‍यो। रत्नपार्क, भद्रकाली र प्रदर्शनीमार्गको बीचमा ‘टी’ आकारमा सहभागीलाई हेर्न मिल्नेगरि मञ्च बनाइयो।´

टाढासम्म जोडिएका माइक, नेता कार्यकर्ताको बाक्लो उपस्थिति र कडा सुरक्षा निगरानीले पनि आमसभा भव्य भएको प्रतीत हुन्थ्यो´। तर, नेताहरुबीचको सहकार्यको कमी, टाढादेखि कार्यकर्ताको उपस्थिति र व्यापक सहभागिताका कारण व्यवस्थापन गर्न भने हम्मेहम्मे परेको थियो´।केही दिनअघि प्रज्ञा प्रतिष्ठानबाट प्रचण्डले मांसाहारी आन्दोलनको उद्घोष गरेका थिए। तर शान्तिपूर्ण रूपमै प्रचण्ड नेपालको शुक्रबारको विरोधसभा समापन भएको छ।´

मांसाहारी आन्दोलनको आह्वान गर्दै आफूले ओलीमाथि जाइलाग्न चाहेको अभिव्यक्ति दिएको भए पनि आलोचना हुन थालेपछि आफ्नो भनाइको प्रचण्डले बचाउ गरेका थिए´।पुस ५ को प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड-माधव समूह एक अर्कालाई काउन्टर दिइरहेका छन्´। शक्ति प्रदर्शनलाई दुवै समूहले आफ्नो सबैभन्दा ठूलो हतियार बनाएका छन्।

विभिन्न जिल्लाबाट काठमाडौँमा नेता कार्यकर्ता उतारेर आफ्नो पक्षमा ठूलै जमात भएको पुष्टि गर्नु नेकपाको दुवै समूहका लागि सामान्य बनिसकेको छ´।ओली समूहको युवा संघले धोती जुलुस नै निकालेको थियो। प्रचण्ड-माधव समूहले ओली समूहको शैलीलाई भने पछ्याएन। तर, कार्यकर्ता भने काठमाडौँमा ओली समूहकै जसरी ल्यायो´।

बिहीबार राति नै काठमाडौँ हिँडेका उनीहरू एकाबिहानै काठमाडौँ पुगेका थिए। नेकपा संघर्ष समितका सदस्य तथा प्रदेश न २ को संयोजन गरिरहेका स्थायी कमिटी सदस्य गणेश साहाका अनुसार तराईबाट प्रचण्ड-नेपाल समूहले १२ हजार कार्यकर्ता काठमाडौँ ल्याएको थियो। रातभरिको यात्राका कारण´ लखतरान देखिन्थे। कति जना सडकमै सुस्ताएका थिए भने जुलुसमा झण्डा समातेर उभिएकाहरूको पनि अरू सहभागीमा जस्तो जाँगर थिएन। उनीहरुमध्ये केहीका खुट्टामा चप्पल समेत थिएनन्´। हँसिया हथौडा बोकेर आएका उनीहरूले चप्पल हाल्न भने पाएनन्।

सभालाई व्यवस्थापन गर्नै धौधौ भएको प्रचण्ड–माधव समूहलाई समयको पालना गर्न सजिलो भएन। ठाउँ-ठाउँबाट सडकमा निस्केका जुलुस पौने १२ बजेको तोकिएको समयमा नपुग्दा सभा ढिलोगरि मात्रै सुरु भयो। सभा सुरु हुनुअघि नै मञ्चमा भएका नेताहरूमा केही विवाद भएको देखियो´। सबै नेता मञ्चमा देखिसकेको भए पनि पार्टी प्रवक्ता तथा संघर्ष समितिको संयोजक नारायणकाजी श्रेष्ठ देखिएनन्।

उनी नदेखिएपछि सभा सञ्चालनको जिम्मेवारी पाएकी स्थायी कमिटी सदस्य पम्फा भुसालले मञ्चबाटै बोलाइन। उनी आएपछि प्रचण्ड र उनीबीच केहीबेर भनाभन भयो´। सहभागी र लाउडस्पिकरको ठूलो आवाजका कारण उनीहरुबीच भएको विवाद के थियो सहभागीले थाहा भने पाएनन्´।प्रचण्ड र नारायणकाजीबीच विवाद हुन थालेपछि मञ्चको पछाडि बसेका स्थायी कमिटीका नेताहरूले उठेर मध्यस्थताको भूमिका निभाएका थिए´। नाराणकाजी भने त्यसपछि गमक्क देखिए´।

उनी कार्यक्रमभर खुसी देखिनन्। उनले कोही कसैसँग पनि कानेखुसी गरेनन्। सभाध्यक्षको भूमिकामा रहेका श्रेष्ठले सभा विसर्जन गर्न पनि मानेनन्´। उनले नबोलेपछि सभा सञ्चालक भुसाल आफैँले श्रेष्ठको निर्देशनमा सभा सकिएको घोषणा गरिन्।

स्थायी कमिटी सदस्य गणेश साहका अनुसार सभा व्यवस्थापनकै विषयमा उनीहरूबीच विवाद भएको हो। आन्दोलनको कमान्डर श्रेष्ठ भएकाले व्यवस्थापनमा कमीकमजोरी हुँदा केही समय भनाभन भएको उनले बताए।मलाई ठ्याकै के बोल्नु भो भन्ने त थाहा भएन। तर आन्दोलनको कमान्डर नै उहाँ हो। व्यवस्थापनकै विषयमा रिसाउनु भएको होला,उनले भने।

दुई अध्यक्ष प्रचण्ड, नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य घनश्याम भुसाल केही दिनअघि नै मुख्य वक्ता तोकिएका थिए। उनीहरूलाई मन्तव्यका लागि तयारी गर्न समेत भनिएको थियो। भुसालले सुरुमै भाषण गरे। उनको भाषण अरू नेताको भन्दा दमदार थियो। उनले तयारी गरेरै प्रस्तुत भएको अनुमान गर्न गाह्रो थिएन। नेता भुसालले ओलीको चर्को आलोचना गरे भने प्रचण्ड र माधव नेपाललाई अर्को ओली नबन्न खबरदारी गरे।

‘पार्टी र सरकारको शीर्ष ठाउँमा बसेर उहाँ जवाफदेही हुनु भएन। ओलीले सांसद र मन्त्रीको हुर्मत लिनुभयो। स्वाभाविक थियो विकास आकाशबाट झर्दैन भन्ने,भुसालले अगाडि भने, बाचा पूरा नभएपछि तिरस्कार हुनुभयो। असफलतालाई लुकाउन संसद् विघटन गर्नुभयो।भुसाल आक्रामक देखिन्थे। उनको भाषणलाई कार्यकर्ता र मञ्चमा बसेका नेताहरूले रुचाएको देखियो। प्रचण्डले उनको भाषणलाई रुचिपूर्वक सुने भने टाउको हल्लाएर हैँसे मिलाए`।

भुसालले ओलीलाई कडा शब्दमा चुनौती दिए। ओलीसँग साइबर सेनाका नाममा साइबर स्याल र सेटिङमात्रै अब शक्तिका रूपमा रहेको भुसालको टिप्पणी थियो।‘कमरेड केपी ओली तपाईँसँग अब दुइटा शक्ति छन्। एउटा साइबर स्याल छ कथित साइबर सेनाको नाममा अर्को सेटिङको मामला छ,ओलीलाई आरोप लगाउँदै भुसालले भने´।

प्रकाशित मिति January 25, 2021
Loading...