दुइ चरण बाट हातमा केहि नलागे पछि  प्रचण्ड-माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा

नेकपा प्रचण्ड-माधव समूहले घोषणा गर्‍याे तेस्रो चरणको आन्दोलन, के-के छन् कार्यक्रम ?
काठमाडौं, १२ माघ -:  संसद विघटन असंवैधानिक रहेकाे भन्दै त्यसविरुद्ध निरन्तर संघर्ष गरिरहेकाे नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलनका कार्कयक्रम घोषणा गरेको छ । यस समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठकाे नेतृत्वमा रहेकाे संघर्ष समितिले आज (सोमबार) एक पत्रकार सम्मेलन गरी आन्दाेलनका कार्यक्रम सार्वजनिक गरेकाे हाे ।

सार्वजनिक गरिएकाे कार्यक्रम अनुसार यहीँ माघ १३ गतेदेखि २८ गतेसम्म चरणबद्ध विराेध, धर्ना, प्रदर्शन तथा भेलाहरू रहेका छन् । १३ गते मंगलबार काठमाडौंमा सिट्टी जुलुसबाट सुरू भएका तेस्राे चरणका कार्यक्रमहरू २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन तथा भेला गरेर टुंग्याइने बताइएकाे छ ।

यसैगरी १४ गतेदेखि २१ गतेसम्म एक हप्ता निरन्तर माइतीघर मण्डलामा धर्ना दिइने जनाइएकाे छ । धर्नामा नेकपा प्रचण्ड-माधव समूहका विगतमा संविधान निर्माणका क्रममा संविधानसभा सदस्य रहेकाहरू, विघटित प्रतिनिधि सभाका सदस्य, राष्ट्रिय सभा सदस्य तथा प्रदेशसभा सदस्यहरू सहभागी हुने जानकारी पत्रकार सम्मलेनमा दिइयाे । काठमाडाैँमा २२ गते युवाहरूकाे मार्च तथा -याली र २६ गते मशाल जुलुस समेत प्रदर्शन गरिने छ ।

यसका साथै काठमाडाैँ बाहिर विभिन्न शहरमा पनि विराेध प्रदर्शन जारी राख्ने बताइएकाे छ । अजसअनुसार १५ गते बुटवलमा, १६ गते विराटनगरमा र १७ गते धनगढीमा  विराेध सभा गर्ने कार्यक्रम रहेकाे छ । सभामा शीर्ष तहका नेतताहरूले सम्बाेधन गर्नेछन्  ।  २८ गते काठमाडौंमा हुने बृहत् प्रदर्शनमा लाखाैँ मानिस सहभागी हुने  जनाइएकाे छ ।

प्रकाशित मिति January 25, 2021
Loading...