यो संसार धेरै रहस्यमयी चिजहरु छन् । केही पत्ता लागेका छन् केही बाँकी । सुन्दा र देख्दा नै अचम्म लाग्ने घटनाले मानिसहरुलाई चकित तुल्याउँछ ´।
यस्तै एउटा अचम्को झरना छ जहाँ आगो निरन्तर बलिरहन्छ । एउटा रहस्य यमय ढुङ्गाको माथि बाट लगातार झरना बगिरहन्छ तै पनि झरनाको ठिक तल कयौँ वर्ष षदेखि आगो बलिरहेको छ ।´ यो झरना न्युयोर्कको चेस्टनट रिज काउन्टी पार्कमा पर्छ ।
जसलाई आजभोलि एटरनल फ्लेम भनिन्छ । यो झरनाको विशेषता भनेको यहाँ वर्ष भरि पानी बगिरहन्छ र यसको ठ्याक्कै तल आगो बलिरहन्छ ।´ स्थानीयहरुले यसलाई दैवी चमत्कार मान्छन् ।
उनीहरुको मान्यता के छ भने यो आगो उतिखेर निभ्ने छ जब धर्तिमा महाप्रलय आउनेछ ।यो आगोलाई हेर्न मानिसहरु टाढा टाढाबाट आउने गर्छन् ´।
यो आगोको बारेमा भारतको एउटा विश्वविद्यालयका वैज्ञानिकहरुले एक अनुसन्धान पनि गरेको छ ।खोजपछि वैज्ञानिकहरुले ढुङ्गाको भित्रिबाट मिथेन ग्यास निस्कने दावी गरेका छन्´ । सोही कारण आगो निरन्तर बलेको हुनुपर्छ ।
प्रकाशित मिति January 25, 2021