प्रचण्ड-माधव पक्षले ओलीलाई साधारण सदस्यबाट हटायो ओलीले अब के गर्लान ?

काठमाडौं -:  नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको स्थायी कमिटी बैठकले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिएको भन्दै पार्टीको साधरण सदस्यबाटै हटाएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए। त्यस्तै महासचिव पौडेलमाथिको कारबाहीबारे भने आज कुनै निर्णय भएन ‘। पौडलमाथिको कारबाही प्रक्रियामै रहेको साहले जानकारी दिए’।

२ माघमा सकिएको स्थायी कमिटी बैठकले ओली र महासचिव विष्णु पौडेललाई समेत कारबाहीका लागि स्ष्टीकरण सोध्ने निर्णय गरेको थियो । ५ माघमा नेताहरु सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने लगायतका नेताहरू गएर प्रधानमन्त्री निवासको ३ नम्बर गेटमा स्पष्टीकरण पत्र छाडेका थिए’ ।

पत्रमा ‘पार्टी विरोधी गतिविधि गरिरहनु भएका तपाईंलाई पार्टीको सदस्यताबाट किन निष्काशन नगर्ने ?लेखिएको थियो । स्पष्टीकरण पत्र प्राप्त गरेको वा निवासमा टाँसेको मितिले तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको थियो । तर, प्रधानमन्त्री ओलीले त्यसको कुनै जवाफ दिएनन्’ ।

बाजी मार्ने दाउमा वामदेव

काठमाडौं, ११ माघ । नेपाल कम्युनिस्ट पार्टी विभाजित भई सचिवालयका सबै नेताहरुले कित्ताकाट गर्दा पनि वामदेव गौतम तटस्थ रहे । उनले एकता अभियानको घोषणा समेत गरे । कुनै हालतमा नेकपा विभाजन गर्न कानुनले नदिने र विभाजित नेताहरुलाई पुनः एक ठाउँमा ल्याउने संकल्पका साथ लागेका गौतम यही मौकामा वाजी मार्ने दाउमा छन् ।

गौतमले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग पनि नेकपा विभाजन गर्न नदिनेबारे कुराकानी गरेको खुलिसकेको छ । उनले ऐन कानुनले पनि नेकपा विभाजित हुन नमिल्ने तर्क राखेका थिए । आयोगले पनि यस्तै निर्णय गर्ने तयारी गरेको छ ‘। अब नेकपा विभाजनलाई मान्यता नदिने गरी आयोग निर्णय दिने तयारीमा पुगेको हो ।
वैधानिकता र सुर्य चिन्ह पुरानै अवस्थाको नेपाल कम्युनिस्ट पार्टीलाई दिने गरी निर्णयको तयारी भएको हो । यसो भएमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपा नै वैधानिक हुनजान्छ । सुर्य चिन्ह पनि पुरानै अवस्थाको पार्टीले पाउँछ’ । वामदेवले खोजेको पनि त्यही हो ।

आफू तटस्थमा उभिएर वामदेवले बाजी मार्ने छाँटकाँट देखिएको छ । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय पद दिँदा पनि गएका थिएनन् । प्रचण्डले पनि महत्वपूर्ण पदको प्रस्ताव गरेका थिए । तर, गौतम तटस्थ बनेर सफलता हासिल गर्ने रणनीतिमा छन्’ ।

निर्वाचन आयोगले पुरानै अवस्थाको नेकपालाई वैधानिकता दिएमा वामदेवको भुमिका फेरि बढ्न जान्छ । ओली, प्रचण्ड र माधवकुमार नेपालबीचको मतभेदमा उनी सबैले मान्ने पात्र हुनसक्छन् । त्यतिबेला तटस्थ भूमिकाले उनलाई फाइदा दिन सक्छ ‘।

विगतमा पनि नेकपा सचिवालयमा विवाद हुँदा वामदेव नै निर्णायक भएका थिए । उनले दुई पटक ओलीको सत्तासंकट टारेका थिए । दुई नै पटक दुर्घटना समेत टारेका थिए । यसको भेऊ पाएका उनले एकताको सूत्रहरु तयार गरिरहे । तर, तेस्रो पटक उनको केही लागेन । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा नै विघटन गरे । यसको गौतमले आलोचना गरे ।

विश्वस्त स्रोतका अनुसार गौतमले प्रचण्ड र माधव नेपाललाई पनि ओलीले कठोर कदम चाल्नुमा दोषी मानेका छन् । उनले बारम्बार ओलीलाई तत्काल नचलाउन सुझाव दिएका थिए । तर, प्रचण्ड र नेपालले मानेका थिएनन् ।

अब यस्तै गतिमा नेकपाको दुई समूह बढ्न खोजेमा उनीहरु कमजोर हुने सम्भावना छँदैछ’ । त्यतिबेला पनि वामदेवको भूमिकाको खोजी हुन सक्छ । उनी त्यही पर्खाइमा छन् । यसरी वामदेव दुवै हातमा लड्ड् हुने अवस्था निर्माण हुने पर्खाइमा देखिन्छन् । उनको प्रधानमन्त्री बन्ने सपना पनि यही विवाद मिलाउने भूमिकाले पूरा गर्ने अवस्था नआउला भन्न सकिदैन ‘।

प्रकाशित मिति January 24, 2021
Loading...