प्रचण्ड–माधव समुहले आज ओलीलाई साधारण सदस्यबाट समेत हटाउँदै के यो सम्भब होला त ?

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बहुमतमा रहेको प्रचण्ड–माधव समूहले अल्पमतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाटै निष्कासन गर्ने तयारी थालेको छ ।

सो समुहले केन्द्रीय समितिको बैठकबाट प्रम ओलीलाई अध्यक्ष पदबाट हटाइसकेको छ । उनको स्थानमा पार्टी नेता माधव नेपाललाई चयन गरी सकेको छ ।

ओलीलाई सो समूहले स्पष्टीकरण सोधेको थियो । ओलीले उनीहरुले सोधेको स्पस्टीकरणको जवाफ नदिएपछि उनलाई पार्टीबाट हटाउन लागिएको एक नेताले बताए ।

उनलाई पार्टीको अनुशासन र विधि विधान विपरित काम गरेको भन्दै स्पस्टीकरण साधिएकोे थियो । नेकपाको स्थायी समिति बैठक आइतबार दिउँसो १२ बजे पार्टी कार्यालय कोटेश्वरमा बोलाइएको छ ।

 

प्रकाशित मिति January 24, 2021
Loading...