प्रतिनिधि सभा विघटन विरोधमा आज देशैभरका वडामा कांग्रेसको प्रदर्शन, सहभागी हुन देउवाको अपिल

काठमाडाैं, ८ माघ -:प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसले आज देशभरका वडाहरुमा विरोध प्रदर्शन गर्दैछ ‘।

संसद विघटनको कदमविरूद्ध गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा यही माघ ३ गते ७५३ पालिकामा विरोध प्रदर्शन सम्पन्न गरेको कांग्रेसले आज ६ हजार ७४३ वडामा आयोजना गर्ने विरोध प्रदर्शन गर्न लागेको हो ‘।

विरोध प्रदर्शनमा सहभागी हुन सभापति शेरबहादुर देउवाले सबैमा अपिल समेत गर्नुभएको छ’ । उहाँले वडास्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन सबैमा अपिल गर्नुभएको हो’ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते संसद् विघटन गरेपछि ६ गते नै पदाधिकारी बैठकबाट सो कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादउन्मुख भनेको कांग्रेसले विरोध भने पहिलोपटक गर्न लागेको हो ‘।

पदाधिकारी बैठकमा असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादउन्मुख कदम ठहर गरेको कांग्रेस ७ गतेदेखि सुरु केन्द्रीय समितिमा भने चुनावमा जाने कि विरोधमा भन्ने विवादमा फसकेको थियो’ ।

को–कहाँ ?

कांग्रेसका केही नेताबाहेक अधिकांश नेताहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् । सभापति देउवाले भक्तपुर, प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं–२ मा सम्बोधन गर्नेभएका छन् भने युवा नेताहरु गगन थापाले नेपालगन्ज र धनराज गुरुङले गोरखामा सम्बोधन गर्ने कार्यक्रम छ ‘।

वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नै निर्वाचन क्षेत्र पुगिसक्नुभएकाे छ भने पूर्वमहामन्त्री प्रकाशमान सिंहले नयाँबानेश्वरमा आफ्नै क्षेत्रको सभालाई सँबोधन गर्दै हुनुहुन्छ ।

प्रकाशित मिति January 21, 2021
Loading...