काठमाडौं -: नेकपाको विघटित प्रतिनिधिसभाकी सांसद शान्ता चौधरीले प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति कटाक्ष गरेकी छिन् ।
उनले ‘मांसाहारी आन्दोलन भनेर शान्तिकामी नेपाली जनतालाई पटक–पटक किन द्वन्द्वमा धकेल्नु हुन्छ ? भन्दै प्रचण्डलाई प्रश्न गरेकी छिन् । सामाजिक सञ्जालमार्फत चौधरीले नेपाली जनता कसैको रैती नभएको भन्दै कसैलाई पद र शक्ति चाहिँदा भर्याङ बन्न नसक्ने बताएकी छिन् ।
उनले भनेकी छिन्,नेपाली जनता तपाईंका रैती हैनन्, तपाईंलाई जति बेला पद र शक्ति चाहिन्छ त्यतिबेला काटमार गरेर तपाईंको भर्याङ बनिदिने । तपाईंहरुको पद प्रतिको लगाव र कुर्सी खेलमा फेरि नेपाली जनताले बलिदान दिनु पर्ने कारण के छ ?
उनले जनता नभड्काउन प्रचण्डलाई चे’ता’वनी दिँदै नेपाली जनताले शान्ति र समृद्धि चाहेका बताएकी छिन् । आइतबार अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै प्रचण्डले अब साकाहारी आन्दोलनले मात्र पुग्ने अभिव्यक्ति दिएका थिए ।
उनले भनेका थिए,हाम्रो आन्दोलन आवेगमय हुनुपर्यो,आ’क्रा’मक हुनुपर्यो । बाघ–सिंह गर्जिए जस्तो गर्जिनुपर्यो ताकि प्रतिक्रान्तिकारीहरुको मुटु हल्लियोस् । साकाहारी आन्दोलनले मात्र पुग्ने देखिँदैन ।
प्रकाशित मिति January 19, 2021