केटुको शिखरमा नेपाली टोली : हिउँदमा आरोहणको कीर्तिमान सम्मान सोरुप एक सेयर गरौ !

३ माघ, काठमाडौं -:  नेपालका १० जना पर्वतारोहीले शनिबार पाकिस्तानस्थित केटु हिमालको आरोहण गरी इतिहास रचेका छन् ।संसारको दोस्रो सर्वोच्च शिखरमा हालसम्म हिउँद याममा कोही पनि पुग्न सकेको थिएन । आठ हजार मिटरभन्दा माथिका शिखरमध्ये यो हिमाल मात्र हिउँदमा आरोहण हुन सकेको थिएन ।

तर नेपालका निर्मल (निम्सदाइ) पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले शनिबार साँझ ५:४५ बजे (स्थानीय समयअनुसार ५ बजे) ८ हजार ६११ मिटर अग्लो शिखरको सफल आरोहण गरेका छन्’ ।

दश आरोहीमध्ये मिङ्मा जी शेर्पाले अक्सिजनबिना नै आरोहण गरेका छन् ।आधार शिविरमा रहेका सेभेन समिट ट्रेक्सका छाङदावा शेर्पाले आरोहणको सफलता पुष्टि गरे ‘। सुरुमा तीन ओटा समूहमा विभाजित पर्वतारोहीहरू अन्तिममा एकसाथ शिखरमा पुगेका थिए’ ।

उनीहरुले ८ हजार ६ सय ११ मिटर अग्लो हिमाल आरोहण गरेका हुन् ‘। अघिल्लो साता मात्र स्पेनका एक पर्वतारोही हिमाल चढ्ने क्रममा गोडा चिप्लिएर लड्दा मृत्यु भएको थियो । याे हिमाल अहिलेसम्म कसैले पनि आराेहण गर्न सकेका छैनन् । केटु हिमाल सगरमाथा भन्दा २ सय मिटर कम उचाइको छ । यो काराकोरम पर्वत श्रृंखलामा पर्दछ । पाकिस्तान–चीनको सीमामा रहेको यो केटु हिमाल ८ हजार मिटर भन्दा बढीको १४ हिमालमध्ये एक हो ‘।

लामो समयदेखि यो पर्वतलाई सबैभन्दा खतरनाक मानिएको थियो । अमेरिकी पर्वतारोही जर्ज बेलले सन् १९५३ मा केटु हिमाल चढ्ने कोसिस गरे पनि असफल भए र उनको मृत्यु भयो । सुरुमा नेपाली पर्वतारोहीको चारवटा टीम पर्वतारोहणका लागि निस्किएको थियो, जसमा ६० जना थिए । तर, अन्तिममा १० जनाले मात्र सफल आरोहण गरे । उनीहरुले केटु हिमाल चढेसँगै नेपालको नाममा ऐतिहासिक उपलब्धि दर्ता भएकाे छ ‘।

निर्मल पुर्जाले नेपाली टीमले विश्वकाे दाेस्राे शिखर केटुमा पहिलाे पाइला राखेकाे सफलता सामाजिक सञ्जालमा सेयर गर्नुभएकाे छ । उहाँले भन्नुभएको छ, ‘मानव जातिको इतिहासको हिस्सा भएकोमा हामीलाई गर्व छ ‘। साथ मिलेर र एक सकारात्मक मानसिकताले सीमाहरुलाई पनि तोड्न सकिन्छ भन्ने प्रमाणित भएको छ ।’

 

प्रकाशित मिति January 17, 2021
Loading...