देशनै भरि  प्रधानमन्त्री ओलीको पक्षमा जनलहर उर्लिन थाले पछि प्रचण्ड – माधव समूह तनाबमा

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा जनलहर देखिएको छ । सन्धिखर्कमा शनिबार ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बृहत् कार्यकर्ता भेला भएको थियो ।

बृहत् कार्यकर्ता भेलामा ओली पक्षका पार्टी स्थायी कमिटी सदस्य तथा मन्त्री उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री टोप बहादुर रायमाझी, पार्टी स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल, पार्टी स्थायी कमिटी सदस्य तथा मन्त्री खानेपानी मणि थापा लगायतले सम्बोधन गर्नुभएको थियो ।

विभिन्न पार्टी परित्याग गरी उर्लाबारीका सय जना युवा ओली पक्षीय नेकपामा प्रवेश गरेका छन् । गत स्थानीय तह निर्वाचनमा संघीय समाजवादी फोरमबाट उर्लाबारी–३ को वडा सदस्य पदका उम्मेद्वार लालबहादुर राईसहित युवाहरु नेकपा प्रवेश गरेका हुन् ।

शनिबार राष्ट्रिय युवा संघ उर्लाबारीबाट आयोजित भेलामा नेपाली काँग्रेस, संघीय समाजवादी फोरमलगायत पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका युवाहरुलाई नेकपाका केन्द्रीय सदस्य विनोद ढकालले अविर लगाएर स्वागत गरे ।

सो भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ढकालले आगामी निर्वाचनमा दुई तिहाई ल्याउने हिम्मतका साथ अघि बढ्न युवाहरुलाई निर्देशन दिए । युवाहरु नै पार्टीको खम्बा रहेको बताउँदै उनले आगामी दिनमा पार्टीको भविष्य युवाकै हातमा रहेको बताए । केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खोजेर देशलाई अस्थिरतामा धकेल्न खोजेकाले प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचन घोषणा गरेको उनले बताए ।

भेलामा विघटित प्रतिनिधिसभाका सदस्य घनश्याम खतिवडाले माधव नेपाल र प्रचण्डको पद लोलुपताका कारण पार्टी विभाजनको अवस्था सिर्जना भएको बताए । माधव नेपालले ओलीको समूहमा लाग्ने सबै गुण्डा हुन् भनेको उल्लेख गर्दै खतिवडाले प्रश्न गरे, के म गुण्डा हुँ ?देश समृद्धिको बाटोमा अघि बढिरहेका बेला केपी ओलीलाई प्रतिनिधिसभा विघटन गर्न बाध्य पारिएको भन्दै उनले अब पार्टी संगठनलाई बलियो बनाउँदै निर्वाचनमा होमिनुपर्ने बताए ।

राष्ट्रिय युवा संघ उर्लाबारीका सह संयोजक योगेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय युवा संघ मोरङका संयोजक नवीन पौडल, नेकपा मोरङका सदस्य सन्तोष वान्तवा लगायतले मन्तव्य राखेका थिए । उर्लाबारी–५ स्थित हाम्रो सहकारीको सभाहलमा भएको कार्यक्रमममा उल्लेख्य युवाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति January 16, 2021
Loading...