गगन थापाले केपी ओलीलाई कीर्तेप्रसाद ओली भनेपछि

काठमाडौं -: नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री एवम् ओली समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले एकपछि अर्को झुट बोलेको आरोप लगाएका छन् ।

उनले ललितपुरमा आज आयोजित विरोध सभामा बोल्दै ओलीको नाम नै कीर्तेप्रसाद ओली राखिदिनुपर्ने बताएका हुन् । ओलीले एकपछि अर्को कीर्ते काम गरेको भन्दै उनले ओलीलाई कीर्तेप्रसाद ओली नाम भएको दाबी गरेका हुन् ।

केपी ओलीको नामको पूरा रुप अब खड्गप्रसाद ओली होइन, कीर्तेप्रसाद ओली हो,थापाले भने ।साथै नेता थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले पनि एकपछि अर्को कीर्ते काम गरेको आरोप लगाए । थापाले प्रधानमन्त्रीले प्रचण्ड–नेपाल समूहलाई हेप्दाहेप्दै संविधानलाई नै हेपेको समेत आरोप लगाए ।

विरोध सभामा बोल्दै थापाले केपी ओलीलाई यो अवस्थामा ल्याउन प्रचण्ड–नेपाल समूहको पनि भूमिका रहेको दाबी गरे ।केपी ओलीको नामको पूरा रुप अब खड्गप्रसाद ओली होइन, कीर्तेप्रसाद ओली हो, थापाले भने ।साथै नेता थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले पनि एकपछि अर्को कीर्ते काम गरेको आरोप लगाए । थापाले प्रधानमन्त्रीले प्रचण्ड–नेपाल समूहलाई हेप्दाहेप्दै संविधानलाई नै हेपेको समेत आरोप लगाए ।विरोध सभामा बोल्दै थापाले केपी ओलीलाई यो अवस्थामा ल्याउन प्रचण्ड–नेपाल समूहको पनि भूमिका रहेको दाबी गरे ।

प्रकाशित मिति January 16, 2021
Loading...