नेपाल–भारत बैठक : दुई देशबीचको सीमा विवाद समाधानका लागि छलफल सकारात्मक,प्रचण्ड-माधव समुहको आपति

नयाँदिल्ली, २ माघ -:  नेपाल–भारतबीच कालापानी, लिपुलेक, लिम्पियाधुरा सहित दुईदेशबीच देखिएका सीमा समस्या समाधान गर्ने विषयमा छलफल भएको छ ।’शुक्रबार भारतको राजधानी नयाँदिल्लीमा बसेको नेपाल–भारतको संयुक्त आयोग (जेएमसी)को छैटौं बैठकमा नेपालले कालापानी, लिपुलेक, लिम्पियाधुरा सहित सीमा विवादको प्रसंग उठाएको थियो ‘।

जवाफमा भारतले यी विषय प्राविधिक टोली मार्फत हल खोज्नुपर्ने बताएको थियो । कालापानी, लिपुलेक, लिम्पियाधुरा सहित सीमा विवादले नेपाल र भारतबीचको सम्बन्धमा समस्या उत्पन्न भएको थियो ‘।

आफ्नो भूमि फिर्ताका लागि नेपालले पहिलो पटक भारतसँग औपचारिक प्र्रस्ताव राखेको हो ‘। यसमा दुबै पक्ष सकारात्मक रहेका छन् ।यस्तै बैठकमा नेपाल–भारत सम्बन्ध सुमधुर बनाउने र विवादका विषयहरु सहमतिबाटै टुंग्याउन पनि दुबै देश सकारात्मक बनेका छन् ‘।

नेपाल र भारतबीच पनि कोरोना खोपको विषयमा सम्झौता हुने भएको छ । भारतबाट नेपाल खोप ल्याउनका लागि सम्झौताको तयारी भएको हो । दुई देशबीच शनिबार सम्झौतामा हस्ताक्षर हुने भएको छ ‘।

यो नि पढ्नु होस्

नेपाली भूमि फिर्ता ल्याउन नहुने अडानमा उभियो प्रचण्ड-माधव समुह

नेकपा प्रचण्ड–नेपाल समूहले भारतद्वारा सैन्य कब्जा गरी मिचिएको भूमि फिर्ताको वार्ता अघि नबढाउन सरकारलाई चेतावनी दिएको छ । वर्तमान सरकार कामचलाउ भएकाले नेपालको भूमि फिर्ता ल्याउने विषयमा भारतसँग छलफल गरे त्यसलाई आफुहरुले नमान्ने चेतावनी सरकारलाई दिएको हो ‘।

प्रचण्ड–नेपाल समूहको पेरिस डाँडामा आज बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार काम चलाउ भइसकेकाले भारतसँगको वार्ता अघि नबढाउन चेतावनी दिएको छ ।बैठकले गरेका निर्णयबारे जानकारी दिँदै नेता भीम रावलले भारत भ्रमणका क्रममा कुनै पनि सम्झौता नगर्न चेतावनी दिनुभयो ।

नेपालको अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा नेपालको हकभोग कायम गर्न नेपाली जनता र संसदले एकमत भई भारतसँग सार्थक वार्ताका लागि आग्रह गर्दा त्यसतर्फ ध्यान नदिने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरिएको एवं

संविधानविपरीतका काम गर्दै सरकार कामचलाउ रूपमा रहेको हालको समयमा भारत भ्रमण गरी वार्ता आरम्भ गर्ने कार्य सन्देहपूर्ण छ। यस्तो स्थितिमा राष्ट्रिय हितमा आँच आउने कुनै सहमति, सम्झौता र कामकुरा नगर्न चेतावनी दिँदै त्यसो गरिएमा नेपाली जनताका लागि मान्य नहुने कुरा यो बैठक स्पष्ट गर्दछ,’ बैठकपछि नेता रावलले भन्नुभयो’ ।

भारतसँग वार्ता गरेर भूमि फिर्ता ल्याउने विषयमा सहमति गरिएमा त्यो वार्ता हाम्रा लागि अमान्य हुने र प्रतिरोधमा उत्रिने चेतावनी समेत उहाले दिनुभयो । सम्पूर्ण नेपालीले नेपालको भूमि भारतबाट फिर्ता ल्याउनुपर्ने माग गरेपनि प्रचण्ड–नेपाल समुहले भने सो भूमि फिर्ता ल्याएमा प्रतिरोधमा उत्रिने चेतावनी दिएको छ’ । जनता टाईम्सबाट साभार

प्रकाशित मिति January 15, 2021
Loading...