अर्जुन भण्डारीको निर्देशन मा “जिन्दगी नै बर्बाद भयो”गीत सार्वजनिक ( भिडियो सहित)

काठमाडौं : अति नै मर्मस्पर्शी गीत “जिन्दगी नै” बोलको म्युजिक भिडियो दर्शकमाझ आएको छ। म्युजिक भिडियोमा कुशल कलकारहरू सारा, आएन, समुन्द्र ले अभिनय गरेका छन। गीतमा स्वर/शब्द/संगीत समुन्द्र खतिवडा को नै रहको छ

गीत को एरेन्ज उरगेन डोंग ले गरेका हुनभने मिक्सिङ र मास्टरिंग भारत का लोकप्रिय कलकार रीतेश रोय ले गरेका छन ।अर्जुन भण्डारी ले निर्देशन गरेको ‘जिन्दगी नै,, बोलको भिडियोमा क्यामेरा मेन रोहित बिक्रम कार्की हुन भने सम्पादन कार्य बिस्नु खड्का ले सम्हालेका छन।

हिजोआज हाम्रो समाजमा पति लाई धोका दिएर पराई पुरूष सँग नाजायज सम्बन्ध जोडने स्त्रीहरू धेरै देखिएको पाइएको छ । इनै कथाहरुलाई जोडेर भिडियो मा चित्रण गरिएको छ भनी निर्देशक भण्डारी ले भने ।

साथै यसै न्यूज मार्फत निर्देशक भण्डारीले माघे सक्रान्तीको अबसरमा सम्पुर्ण देश बिदेशमा रहनु हुने इष्टमित्र दाजु भाइ तथा दिदि बहिनीहरुमा हार्दिक मङ्गलमय शुभकामना पनि ब्यक्त गरेका छन ।

भिडियो हेर्नुहोस

प्रकाशित मिति January 14, 2021
Loading...