आज मिति २०७६ साल जेठ ४ गते शनिबार, आजको राशीफल!

आज मिति २०७६ साल जेठ ४ गते शनिबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष राशी – ‘अध्ययनसम्बन्धी कार्यमा प्रगति हुने देखिएको छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ’।

वृष राशी – ‘घरजग्गा खरीद तथा जग्गासम्बन्धी कारोबार हुने छ। यात्रा सफल हुने छ’।

मिथुन राशी – ‘धर्म, कर्म तथा समाज सेवामा मन लाग्ने छ। रोकिएको धन हात पर्ला। मिष्ठान्न भोजन प्राप्ति हुनेछ।’

कर्कट राशी – ‘श्रमको उचित मूल्याङ्कन हुनेछ। पठनपाठनमा प्रगति हुनेछ। मनोरञ्जनमा सहभागी भइएला’।

सिंह राशी – का’र्य्सिद्धि हुने अवसर मिल्नेछ। अतिथिको सेवा गर्नुपर्ने छ। मुद्दा मामिलामा विजयी पाप्त हुनेछ’।

कन्या राशी – ‘आफूलाई कमजोर भएको अनुभूतिहुनेछ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। अनावश्यक धन खर्च होला।’

तुला राशी – ‘वित्तीय क्षेत्रको काममा फाइदा मिल्ने छ। नयाँ काम वा रोजगार पाइने छ। मान प्रतिष्ठामा बृद्धि होला।’

वृश्चिक राशी – ‘मानसिक चिन्ता बढ्नेछ। यात्रामा मालसामान हराउन सक्छ। घरायसी झमेलामा परिएला। अपरान्हपछि मन शान्त हुने छ। चिन्ता समाप्त हुने छ’।

धनु राशी – ‘शुभकार्यको चर्चा चल्नेछ। नयाँ कार्यको थालनी होला। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। दिन रमाइलोसँग बित्ने छ’।

मकर राशी – ‘मनको दुविधा हटेर जाने छ। मायाप्रेममा सफलता हासिल हुने छ। स्वास्थ्यमा देखिएको समस्या समाधान हुने छ। दिनको उत्तरार्धमा धन खर्च होला’।

कुम्भ राशी – ‘मिष्ठान्न भोजन प्राप्ति होला। कार्यमा सफलता पाइनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। व्यापार–व्यवसायीहरुले उच्च नाफा आर्जन गर्ने योग छ’।

मीन राशी – ‘आफन्तको सहयोग प्राप्त हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। पठनपाठनमा प्रगति हुनेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। कला क्षेत्रमा काम गर्नेलाई धेरै राम्रो दिन छ।”

प्रकाशित मिति May 18, 2019
Loading...