फेरि भारतले गर्यो नेपालमाथी अत्याचार : फेरि डुब्यो नेपाली बस्ती !सेयर गरेर सरकार सामु पुराउ

नेपालगन्ज -: १३ दिन ढिलोसुरू भएको मनसुनले बाँकेका विभिन्न क्षेत्र डुबानमा परेका छन्। आइतबार ११ घण्टा परेको एक सय ६० मिलिलिटर वर्षाले बाँकेको नरैनापुरका चार वडाका साथै नेपालगन्ज उपमहा नगरपालिकाका केही क्षेत्र डुबान भएको छ।भारत सरकारले निर्माण गरेको लक्ष्मणपुर बाँध र बाँध जस्तै अग्लो संरचनाको सडकका कारण पानीको निकास नभएपछि नरैनापुर

गाउँपालिकाका १ को बनियाँगाउँ, २ को रोशनपुर, ३ को बालापुर र ४ को घोडदौडिया क्षेत्रका केही घर डुबानमा परेको गाउँपालिकाका प्रमुख प्रशासनकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए। कुनै मानवीय क्षति नभए पनि घरभित्र पानी पसेकाले क्षतिको एकीन विवरण नआइसकेको उनले बताए।बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले डुबान क्षेत्रमा भगवान र नरैनापुर इलाका प्रहरी कार्यालय, सुँइया र बघौडा चौकीबाट प्रहरी खटाएर क्षतिको विवरण संकलन भइरहेको बताए।

उनले भने, ‘दर्जनौं कच्ची घरमा पानी पसेको खबर आएको छ। एकीन विवरण संकलन भइरहेको छ।’वर्षाका कारण नेपालगन्जको सेतु बिक चोक, बेलासपुर लगायतका क्षेत्रमा पानी जमेको एसपी पौडेलले बताए। जल तथा मौसम विज्ञान विभागको राँझास्थित हावापानी फिल्ड कार्यालयका निमित्त प्रमुख पलबहादुर बिकका अनुसार आइतबार बिहान ३ बजेदेखि सुरू भइ दिउँसो २ बजेसम्म लगातार वर्षा हुँदा नेपालगन्जमा एक सय ६० मिलिलिटर वर्षा भएको थियो।

जुन यो वर्षकै सर्वाधिक वर्षा हो।नेपालमा १० जुनदेखि मनसुन सुरु हुन्छ। २० जुन अर्थात् ५ असारमा नेपालको पूर्वी भेगबाट मनसुन सुरू भएको थियो। मौसमविद्ले देशभर मनसुन सुरू हुन अझै एक साता लाग्ने भनिरहँदा बाँकेमा चाँडै मनसुन सक्रिय भएको हावापानी कार्यालयले जनाएको छ।सरकारविरुद्ध अर्को गीत बजारमा आएको छ । यसअघि

सरकारविरुद्धमा आएको गीत नै प्रतिबन्ध लगाएको सरकारले यस पटक भने प्रतिबन्ध नै लगाउने हिम्मत भने गर्न सकेको छैन ।साहित्यकार तथा पत्रकार गिरिजा अधिकारले रचना गरेको ‘ए सरकार–२’ हालै बजारमा आएको छ । गायक देवेन्द्र कार्कीले स्वर दिएको गीतले वर्तमान सरकारले जनतालाई बिचल्ली पारेको यथार्थ चित्रण गरेको छ ।

भिमफेदी गाईजले तयार पारेको म्यूजिक भिडियोमा संघीय लोकतान्त्रिक राज्यसत्ताका कारण जनताले भोग्नु परेको पीडा, अभिभावक विहिनता, बेरोजगारी, तस्करी, ठगी र अभावलाई कथामा जीवन्त उतारिएको छ ।जनताको दैनिकीसँग जोडेर तयार गरिएको म्यूजिक भिडियोमा देशमा बढ्दो भ्रष्टाचार, महँगीजस्ता विषयलाई उठाइएको गीतकार गिरिजा अधिकारीले बताए । उनले भने, ‘सरकारले जनताप्रतिको दायित्व पूरा नगरेकाले आफूले यस्तो गीत लेख्नु परेको हो ।’

अधिकारीले गीत आम सर्वसधारणले व्यापक रुपमा रुचाएकोले थप उत्साहित भएको बताए ।यसअघि पहिलो श्रृंखला समेत सार्वजनिक भइसकेको ‘ए सरकार’ को थप श्रृंखला रचना गर्ने योजनामा रहेको अधिकारी बताउँछन् । गीतमा रोजगारीको अवसर आफन्तलाई दिएर जनतालाई विभिन्न नाममा विदेश पठाउने विषयलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

उक्त गीतमा विकास पाण्डेको संगीत छ भने भिडियो निर्देशन निर्मल लामाले गरेको छन् । यस्तै भिडियो छायांकन पवन सुस्लिङले गरेका हुन् । संगित संयोजन रिकेश गुरुङको छ । युट्युवमा अपलोड भएको छोटो समयमा नै अत्याधिक भ्यूअर कटिसकेको ‘ए सरकार’को पहिलो श्रंखला १२ लाख भन्दा दर्शकले हेरेका थिए । नयाँ शैली प्रयोग गरिएको भिडियोमा सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्दै भिडियो काटेको सिन समेत समावेश छ ।

प्रकाशित मिति June 25, 2019
Loading...