दलितलाई पुजा गर्न नदिएकोमा एक जना पुजारी पक्राउ!

काठमाडौ -:  महाशिवरात्रीमा दलितलाई पुजा गर्न नदिएकोमा एक जना पुजारी पक्राउ परेका छन् । कैलालीको धनगढीमा दलित समुदायलाई पूजा गर्नबाट रोक लगाएको आरोपमा पूजारीलाई प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय कैलालीले सोमबार दलित समुदायका भक्तजनलाई पूजा गर्नबाट रोक लगाउने मन्दिरकी पुजारी गंगा गिरीलाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय प्रहरी निरीक्षक वकिल सिंहले पुजारीलाई पक्राउ गरिसकेको बताउँदै घटनाबारे थप अनुसन्धान समेत भइरहेको गरेको जानकारी दिनुभयो । धनगढी उपमहानगरपालिका ५ जाईस्थित भैरव मन्दिरमा शिवरात्रिको पूजा गर्न गएका स्थानीय दलित समुदायलाई गिरीले पूजा गर्नबाट रोक लगाएको आरोप लागेको छ ।

प्रकाशित मिति June 25, 2019
Loading...