माधव नेपाललाई प्रचण्डको धोका र षडयन्त्रबाट बाहिर निस्कन प्रदीप नेपालको अनुरोध

काठमाडाैँ -:  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता प्रदीप नेपालले माधवकुमार नेपाललाई पुष्पकमल दाहाल प्रचण्डको षडयन्त्र भन्दा बाहिर निस्कन अनुरोध गर्नुभएको छ ।बुधबार एउटा समाचार फेसबुकमा सेयर गर्दै नेता प्रदीप नेपालले प्रचण्डको धोका र षडयन्त्रबाट बाहिर निस्किएले आफूले साथ दिने बताउनुभएको छ ।उहाँले भन्नुभएको छ ।माधव कमरेड, यो त धोका र षड्यन्त्र पो भयो। निस्कनुस । म साथ दिन तयार छु।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपाल आफ्नो समुहको अध्यक्ष नरहेको अर्काे प्रमाण पनि दिनुभएको छ । प्रचण्डले आफ्नो समुहमा नेपाल अध्यक्ष नरहेको खुलासा चिनियाँ टोलीसँग गर्नुभएको थियो ।

मंगलवार आयोजित बिरोधसभामा उहाँले सम्बोधनको क्रममा नारायणकाजी श्रेष्ठ भन्दा तल राखेर नेपाललाई अध्यक्ष मात्रै भनिएको तर अध्यक्ष नरहेको प्रमाण कार्यकर्तालाई दिएका हुन । प्रचण्डले काठमाडौंमा आयोजित सभामा स्पष्ट रुपमा माधवलाई तेस्रो वरियतामा खुम्च्याइदिनुभयो ।आमसभामा मन्तव्य राख्दा प्रचण्डले सुरुमा मुख्यमुख्य व्यक्तिलाई सम्बोधन गर्नुभयो । उहाँले भन्नुभयो हाम्रो पार्टीका प्रवक्ता केन्द्रीय संघर्ष समितिका संयोजक कमरेड । त्यसपछि मात्र उहाँले माधवको नाम लिनुभयो ‘।

माधव नेपाल पक्षले प्रचण्ड र माधव दुवैजना समान अध्यक्ष भनिरहेको छ । तर, प्रचण्ड पक्षले भने यो कुरा उच्चारण गर्न मानिरहनु भएको छैन । उहाँकै कारण चिनिया टोलीले बाबुराम भट्टराईको घरमा पुगेर भेटदा नेपाललाई भने होटलमा बोलाएर भेट गर्यो ।’ मंगलवारको सभामा माधवको भन्दा नारायणकाजीको नाम अगाडि लिएर प्रचण्डले पार्टीको दोस्रा व्यक्ति माधव होइन भन्ने स्पष्ट संकेत गर्नुभयो ‘।

प्रकाशित मिति December 30, 2020
Loading...