२ युवतीकोे सामुहिक बलात्कार : गाउँपालिकाले दियो १०-१० हजार!

रुपन्देहीको गैडहवामा २ युवतीमाथि सामुहिक बलत्कार भएको छ । गैडहवा गाउँपालिका ९ मैनहीया २२ वर्षे २ युवती छिमेकी युवा समूहबाट वलात्कृत भएका हुन् ।

पीडित युवतीको भनाइ अनुसार स्थानीय विष्णु थारुले असार २ गते साझ खाजा खान गाउँकै एक रेष्टुरेण्टमा बोलाएका थिए । राम्रो चिनजान र सँगै पढेका साथी भएकाले घरपरिवारको सल्लाह अनुसारनै २ युवती खाजा खान गएका थिए ।

खाजासंगै विष्णुले मदिरासमेत खाएका थिए । मदिराले मात्तिएका विष्णुले ढिलाइ गरेपछि राति करिब ९ बजे मात्रै उनीहरु रेष्टुरेण्टबाट बाहिरीएका थिए । तिनै विष्णुले घर फर्किदै गर्दा बाटोमा अन्य २ युवा बोलाएका थिए । युवाहरु आएपछियुवतीमाथि जबर्जस्ती गर्न थालेका थिए । सो क्रममा एक युवती सडकमै बलात्कृत भएकी थिइन् ।

अर्की युवती भागेकी थिइन् । भागेकी युवतीले हसनापुर गाउँमा स्थानीयवासीन्दा देखेपछि गुहार मागेकी थिइन् । तर गुहार माग्दै आएकी युवतीलाई जीवन ज्ञवालीसहितका चार जनाले त्यही बलात्कार गरेका थिए । विष्णु लगायतको समुहबाट बलात्कृत भएकी युवती बिहानपख घर पुगेर आफन्तलाई खबर गरेकी थिइन् । यसपछि अर्की युवतीलाई सडकबाटै स्थानीयले उद्धार गरेका थिए ।

युवतीले घटनाको अर्को दिन असार ३ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा ७ जना विरुद्ध जाहेरी दिएका थिए । घटनामा संलग्न रहेको आरोपमा गैडहवा गाउपालिका–८ का जीवन ज्ञवालीलाई पक्राउ गरेको छ । उनी प्रधानमन्त्री स्वरोजगार कार्यक्रम गैडहवाका अधिकृत समेत हुन् । इलाका प्रहरी कार्यालयले पक्राउ परेका ज्ञवालीलाई असार ४ मा जबर्जस्ती करणीको आरोपमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको इप्रका लुम्बिनीमा प्रहरी निरीक्षक शंकर पोखरेलले बताए ।

अरोपी विष्णु थारु सहितका अन्य व्यक्ति भने फरार छन् । प्रहरीले पक्राउमा समस्या पर्ने भन्दै अन्य अभियुक्तको नाम गोप्य राखेको छ । तर घटनाको गहिरो अनुसन्धान र फरारको खोजीका लागि भने प्रहरीले खास पहल गरेको छैन । सामुहिक बलत्कारका सबै अभियुक्तमाथि मुद्धा चलाउन पनि नखोजेको पीडित युवतीको गुनासो छ । प्रहरी निरीक्षक पोखरेलले भने रातीको घटना भएकाले युवतीको भनाइका आधारमा सबै अभियुक्तको हुलीया लिन र पक्राउ गर्न समस्या भएको बताए ।

बलत्कारपछि स्थानीय दुई पक्षमा विभाजीत भएका छन् । केहीले पीडकलाई बचाउन लागेका छन् भने केही पीडितको पक्षमा छन् । स्थानीय पक्षवीपक्षमा बाडिदा घटनाको अनुसन्धान प्रभावीत भएको छ । केही पीडकले आफूहरुलाई पक्राउ गरे ज्यान लिने धम्की दिएको युवतीहरुले बताए । यसबाट युवती त्रसित छन् ।

प्रहरीले पीडकको खोजी र घटना अनुसन्धानमा बेवास्था गरेको भन्दै एक युवतीका आफन्तले घटना सार्वजनीक गरेका छन् । आफ्नै गाउमा आफ्नै साथीभाइबाट बलत्कारमा पर्दा समेत नागरिक अगुवा र प्रहरी संवेदनशील नभएकाले घटना सार्वजनीक गरेको उनीहरुले बताए ।

युवती बलत्कारको विषयले गैडहवा गाउपालिकाको कार्यपालिका बैठकमा समेत प्रवेश पाएको छ । असार ६ गते एक महिला सदस्यले मैनहियामा युवतीमाथि भएको बलत्कारको घटना ओझेलमा परेको भन्दै कुरा उठाएकी थिइन् । यसपछि कार्यपालिकाले दुवैजनालाई १०, १० हजार रकम दिने निर्णय गरेको थियो ।

उक्त रकम उपलब्ध समेत गराएको अध्यक्ष बच्चुलाल केवटले बताए ।न्यायकालागि प्रहरी छ भनेर तत्काल क्षतीपूर्तिका लागि उक्त रकम दिएका हौं उनले भने,घटनामा संलग्न सबैलाई कारवाहीको दायरामा ल्याउन के गर्नुपर्छ आवश्यक परे सहयोग गर्छौं ।न्युज24बाट साभार

प्रकाशित मिति June 25, 2019
Loading...