फरी जुध्यो अर्को गित, बसन्त थापाले गाएको गित रेखा थापा र टेकेन्द्र बोहोराको गित संग हु–बहु मिलेपछि (भिडियो सहित)

काठमाडौं -:  यतिबेला सामाजिक संजाल भाका जुधेको कुराले भरिएको छ । गलबन्दी गितको भाका जुधेको कुराले निकै बिबाद बढिरहेको बेलामा चर्चित गायक तथा सर्जक बसन्त थापाले गाएको झ्याउरे गित गायक तथा सर्जक टेकेन्द्र बोहोरा र रेखा थापाले गाएको गित भेटियो रोधीमा बोलको गितसंग जस्ताको तस्तै मिल्न गएको गायक टेकेन्द्र बोहोराले जनाएका छन् ।

सन् २०१३ मा टेकेन्द्र बोहोरा र रेखा थापाको संयुक्त प्रस्तुतीमा बजारमा आएको सोही गितमा टेकेन्द्र बोहोरा र रेखा थापाको लय रहेको छ भने बोहोरा र थापाकै आवाजमा सोही गित बजारमा आएको हो ।

सोही गित संग जस्ताको तस्तै मिल्न गएको अर्को गित भने सन् २०१६ मा बजारमा आएको हो । सोही गितमा बसन्त थापा र निता पुनको आवाज रहेको छ भने लय निता थापाको र शब्द बसन्त थापाको रहेको छ ।

गितको भाका जुधेको दुखेसो पोख्दै गायक टेकेन्द्र बोहोरा भन्छन् – : मैले सन् २०१३ मा नै बजारमा ल्याएको गित २०१६ मा जस्ताको तस्तै बजारमा आयो त्यो पनि चर्चित गायक बसन्त थापाको आवाजमा सिक्दै गरेको अनुजहरुले कपि गरेको भए फरक कुरा हुन्थ्यो अग्रजले नै यसरी अनुजको सृजनालाई हु–बहु गाएर बजारमा गित ल्याउदा एकदमै अन्याय भएको महसुस भएको छ । म लगायत यस गितको टिम हामी सबै न्यायको खोजीमा छौ ।

भाका मिलेको दुबै गितको भिडियो हेर्नुहोस् ।
सन् २०१३ मा बजारमा आएको टेकेन्द्र बोहोरा र रेखा थापाको गित हेर्नुहोस् ।

सन् २०१६ मा बजारमा आएको बसन्त थापा र निता पुनको गित हेर्नुहोस् ।

प्रकाशित मिति June 25, 2019
Loading...