प्रधानमन्त्री रोजगार कार्यक्रममा कामदार बन्न नेकपाको सदस्य हुनुपर्ने !

अर्घाखाँची प्रधानमन्त्री रोजगार कार्यक्रममा कामदार बन्न नेकपाको सदस्य भए मात्र पाउने नत्र नपाउने गरी नेकपाका कार्यकर्ता मात्र भर्ती गरेको भन्दै उक्त अनियमितता तत्काल बन्द गर्न नेपाली कांग्रेस मालारानी-४ खनले माग गरेको छ ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर ४ खनमा हुने विकास निर्माण तथा अन्य कार्यहरुमा नेकपाले एक्लौटी काम गरेको, काममा पारदर्शिता नभएको, उपभोक्ता समितिहरु एक्लौटी बनाएर आर्थिक पारदर्शिता नगरेको भन्दै नेपाली कांग्रेस मालारानी-४ खनले वार्ड कार्यालयले ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो’ ।

सामाजिक सुरक्षा कार्यक्रमको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा पनि राजनीति गरेको र नेकपाका ज्येष्ठ नागरिक बोलाएर कांग्रेसका ज्येष्ठ नागरिकलार्इ कार्यक्रमबाट बञ्चित गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ’ ।विकासका योजनाहरुमा आफ्ना नजिकका आसेपासेका मेसिनरी औजारहरु प्रयोग गरेको, सुचीकृत भएका निर्माण कम्पनी तथा कनट्रक्सनलाई खबर नै नगरेको जस्ता बुँदाहरु ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ‘।

 

योजना तथा समग्र वडाको सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण गरेको नदेखिएको पनि ध्यानाकर्षण पत्रमा उल्लेखित गरिएको छ ।ध्यानाकर्षण पत्र नेपाली कांग्रेस मालारानीका सभापति शोभाखर खनाल, मालारानी-४ का इन्चार्ज कृष्ण खनाल लगायतका नेताहरुको उपस्थितिमा वडा अध्यक्षलाई बुझाएका हुन् ।ध्यानाकर्षण पत्र बुझाएपछि नेपाली कांग्रेस मालारानीका सभापति खनाल, मालारानी-४ का इन्चार्ज कृष्ण खनाल लगायतका नेताहरुले कार्यकर्तालाई सम्बोधन गरेका थिए’ ।

प्रकाशित मिति June 25, 2019
Loading...