बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर चिल संग ठोक्किएर दुर्घटना !

काठमान्डौ – चिलसँग ठोक्किएपछि कैलाश एयरको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ । बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर नुवाकोटमा अवतरण गरिएको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताए ।

आइतबार दिउँसो १स्४० बजे हेलिकप्टर बेलकोटगढी नगरपालिका ६मा अवतरण भएको हो ।  चिलसँग ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ कार्कीले भने,एक जना सामान्य घाइते छन् ।हेलिकप्टरमा पाइलटसहित छ जना सवार थिए ।कैलाश एयरका अपरेसन चिफ श्रीहरि कुइँकेलले भने चरा ठोकिएपछि हेलिकोप्टरको अगाडिको सिसा फुटेको तर मानवीय क्षति भने नभएको बताएका छन् ।

नुवाकोटको बेलकोटगढि गाउँपालिका(६ मा आकस्मिक अवतरण गरेको बताइएको छ। हेलिकप्टरमा सवार गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भण्डारीसहित गलकोट नगरपालिका वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल तथा चालकको अवस्था समान्य रहेको बताइएको छ।

गलकोट हटियाबाट १२ बजेर ५० मिनेटमा उडेको हेलिकप्टर पौने २ बजे दुर्घटना भएको हो। चरा ठोकिँदा हेलिकप्टरको अगाडिको सिसा फुटेको छ भने अगाडिको भागमा क्षति पुगेको छ। पारिवारिक प्रयोजनका लागि हेलिकप्टर बागलुङबाट काठमाण्डौ उडेको थियो।

प्रकाशित मिति November 29, 2020
Loading...