परराष्ट्र मन्त्रीस्तरीय वार्ताका लागि नेपाललाई भारतको निम्तो,सीमा विवादको समाधान होला त ?

काठमाडौं, १२ मंसिर -:  नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भारत भ्रमणको निम्तो दिएका छन् ।उनले डिसेम्बरको दोस्रो साता भारतमा हुने परराष्ट्र मन्त्री स्तरीय बैठकका लागि निम्तो दिएको बताइएको छ । बैठकको मिति यकिन नभए पनि डिसेम्बरको दोस्रो साता बैठक गर्ने विषयमा दुवै पक्षको बिचमा कुराकानी भइरहेको छ । मन्त्री ज्ञवालीसंगको शिष्टाचार भेटमा भारतीय विदेश सचिवले बैठकका लागि निम्तो दिएको बताइएको हो’।

अब केही दिनमा नै यकिन मिति तय हुने अधिकारीहरुले जानकारी दिएका छन् । समग्र द्विपक्षीय विषयहरुमा बुँदागत छलफल गरेर देखिएका समस्या समाधान गर्ने र अन्य द्विपक्षीय संयन्त्रलाई आवश्यक निर्देशन दिने म्यान्डेट सो आयोगलाई छ । सो आयोगको बैठक २३ वर्षपछि सन् २०१४ मा बसेको थियो । जसले कालापानी र सुस्तालगायतका विवाद समाधानका लागि गृहकार्य गर्न परराष्ट्र सचिवलाई निर्देशन दिएको थियो । त्यसपछि सन् २०१६ र २०१८ मा सो आयोगको बैठक बसेको थियो’।

सो बैठक दुवै देशले पालैपालो गर्ने परम्परा छ । कोभिड–१९ र दुई देशको सीमा विवादका कारण नेपाल र भारतको बिचमा रोकिएका द्विपक्षीय संयन्त्रका बैठकहरु सुचारु गर्ने विषयमा समेत कुराकानी भएको छ ।नेपाल र भारतको बिचमा डेढ दर्जन द्विपक्षीय संयन्त्रहरु रहेका छन् । जसको नियमित बैठक हुन सकेको छैन’ ।

प्रकाशित मिति November 27, 2020
Loading...