बाबुराम भट्टराई र गगन थापा भारतीय खेताला हुन – प्रमुख सचेतक पाण्डे

काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता एवं बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेले पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र नेपाली कांग्रेसका युवा नेता गगन थापा भारतीय एजेण्डामा चल्ने गरेको बताउनुभएको छ ।

दैनिकीसँगको कुराकानीमा मुख्यसचेत पाण्डेले नेकपाभित्रको विवादमा अनावश्यक रूपमा चासो प्रकट गर्ने प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्छ भन्दै भट्टराई र थापाले विदेशीको एजेण्डाको वकालत गरेर भारतीय खेताला बनेको बताउनुभयो ।

उहाँले भन्नुभयो उहाँ बाबुराम र गगनजीहरू विगतदेखि नै भारको खेतालाको रूपमा काम गर्नुहुन्छ । नेपालमा अस्थिरता निम्त्याउनका लागि अहिले पनि सरकार र नेकपाविरूद्ध अनावश्यक चासो प्रकट गर्ने र जनमत भड्काउने अभियानमा लागिरहनु भएको छ । उहाँहरूलाई प्रचण्डको एजेण्डाको माया लाग्छभने नेकपा प्रवेश गरेरै सहयोग गरेहुन्छ ।

प्रमुख सचेतक पाण्डेले विदेशीको एजेण्डा बोकेर प्रतिक्रियावादी गतिबिधि सञ्चालन गरी राष्ट्रवाली शक्तिलाइ कमजोर बनाउने कोशिश भने स्वीकार्न नसकिने बताउनुभयो ।उहाँले यदि कमदाचित नेकपा विभाजनकै बाटोमा गएछ भने पनि ९९ प्रतिशत नेता कार्यकर्ता प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिने जानकारी दिनुभयो । उहाँले कार्यकारी भनिएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको आरोपको पत्रले मुख छोपेर भाग्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति November 27, 2020
Loading...