प्रचण्डलाई ‘राष्ट्रद्रोह’को मुद्धा लगाउन सकिने

काठमाडौं, १ मंसिर –  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले सचिवालयको बैठकमा दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत गरिएको कुण्ठाका विषयमा जवाफ दिन आवश्यक नरहेको बताएका छन् ।

नेता बास्कोटाले कसैले व्यक्तिगत कुण्ठा पोख्न आरोप लगाएको विषयमा जवाफ दिन नपर्ने बताए । नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले चित्त बुझ्दैन भने अदालत, अख्तियार, संसदका संसदीय समितिहरूमा उजुरी हाल्न दाहाललाई सुझाव दिएका छन् ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले कुनै पनि राष्ट्रघात नगरेको दाबी गरेका छन् । उनले आरोपै लगाउने हो भने दाहालसहितका माओवादी नेताहरूलाई भारतमा बसेर युद्ध गरेको अभियोगमा राष्ट्रद्रोहको मुद्धा लगाउन सकिने बताएका छन् ।‘इतिहाँसहरू साँक्षी छन् । म यति मात्रै भन्न सक्छु । एस.डी. मुनिले लेखेको पहाडको टुप्पोबाट जमीनको सतहमा माओवादीलाई झार्दा वा उतार्दा भनेर लेखेको किताबमा के लेखेको छ ? अनि भारतसित गएर के–के लिखितम सन्धि, सम्झौता म गर्छु भनेर बचनबद्धता जनाएको छ नेकपाका नेता बास्कोटाले भनेका छन् ।

त्यसो हो भने युद्ध थोपर्न अर्काको देशसित गएर मिलेर देशविरुद्ध राष्ट्रद्रोह गरेको आरोपमा लगाउँ ? त्यो हो ? अलिकति विचार गर्नुपर्छ’चेतावनी शैलीमा बास्कोटाले भनेका छन्,सँगै नजाने हो भने यस्ता आरोपहरू ठीकै छन् । लगाउनु, जानु, अर्कोले काउन्टर गर्छ ।उनले भने, ‘यो १२औँ शताब्दी होइन क्या । यो २१औँ शताब्दी हो । हरेकलाई तथ्यहरू थाहा छ । कुनै भ्रमको पर्दा हाल्नु पर्दैन । कथा बुन्नु र सत्य तथ्य बुझ्नु दुई भिन्न कुरा हुन् ।

दोस्रो वरीयताका अध्यक्ष दाहालतिर संकेत गर्दै नेता बास्कोटाले भनेका छन्,उहाँहरूले भने जस्तो चीन, भारतसँग राष्ट्रवादको मण्डले जामा वा उग्रराष्ट्रवादको कुरा गरेर कसैसित सम्बन्ध राख्नु हुँदैन ? के राष्ट्रघात भयो ? त्यो त बताउनु प¥यो नि त ?कि के हो काण्डै–काण्ड लगाएको भनेर भन्या छ । काण्डै–काण्ड भनेको के हो ? त्यसो भए हामीलाई पनि विभिन्न काण्डहरू थाहा छ नि ? उनले भने,त्यसको जवाफ दिने कुरा होइन । कुन–कुन काण्ड कहिले भए ? भनेर थाहा नभइकन आरोप लगाएर र त्यस उपर के भइरहेको छ भन्ने कुरा पनि अध्ययन नगरेर छ भनेर हामीले भनेकै छौँ त ।

बास्कोटाले भने,छानविन हुनुपर्छ राज्यका निकायहरूबाट । कसैले व्यक्तिगत आरोप लगाएर त्यसैलाई स्वीकार गरेर हिँड्नुपर्छ भन्ने छैन । संसदको लेखा समिति छ । अर्थ समिति छ । परराष्ट्र समिति छ । सबैले उठाएको राष्ट्रघातको कुरा परराष्ट्र समितिले हेरे भो । आर्थिक अपचलनको कुरा छ भने लेखा समिति र अर्थ समितिले हेरे भो ।हामीसित नियमनकारी व्यवस्था छ । अदालत छ । अख्तियार छ । नागरिकहरूसँग मिडिया पनि छ उनले भने, ‘यी सबै कुरा सत्य तथ्याका आधारमा जानु पर्छ । कसैले आरोप लगाइदिएपछि त्यो आरोपलाई त्यही हो भनेर मानेर हिँड्नुपर्ने छैन ।

दोस्रो वरीयताका अध्यक्ष दाहाललाई सचेत गराउँदै बास्कोटाले भने,केपी ओलीमाथि लागेका आरोपहरू प्रमाणित गर्न सक्नु हुन्छ कि हुन्न ? सक्नु होस् शुभकामना । पुष्टि होस् व्यक्तिगत आरोपले होइन, राज्यका नियमनकारी निकायहरूद्वारा छानविन होस् । आरोप लगाइदिएर कराएको भरमा, ठूलो स्वर गरेर हल्ला गराएर कोही नाङ्ग्लो ठटाएर हात्ति तर्सेला भन्ठान्ने खालको हो भन्ने हो–हल्ला नगरौँ भन्ने लाग्छ मलाई ।त्यो तहमा उत्रिनु भनेको राम्रो कुरा होइन । राष्ट्रघात पनि भएको छैन । अरु नराम्रा काम पनि भएको छैन । ती सबै झुठका पुलिन्दा हो । त्यो आफै पानीको फोका झैँ हराएर जान्छ उनले भनेका छन् ।

वाहियात आरोपहरूको जवाफ दिएर हिँड्नुपर्छ भन्ने लाग्दैन । जे कुरामा सत्यता छैन, जे कुरामा तथ्य छैन, जे कुरामा तर्क छैन, जे कुरा मनोगत आग्रह र कुण्ठाले भरिएको छ, त्यो कुण्ठाहरूको जवाफ दिएर हिँडेर कसैले सक्छ त्यो ? त्यो भए अदालतमा मुद्धा हाल्नुस् । अख्तियारमा मुद्धा हाल्नुस्’, उनले भनेका छन् ।‘पार्टीको अध्यक्षले त्यो कुरा गरेर आउनु हुन्छ भने त्यो राजनीति फण्डा हो, विषय होइन । उहाँले मुद्धा हाले भइहाल्यो त ? यो डेमोक्रेसी हो, यो कुनै शक्ति र बल प्रयोगको अवस्था होइन । शक्ति र आरोपहरूको विचित्र नदेखाउँ । के जवाफ दिनु पर्‍यो नेकपाका प्रभावशाली नेता बास्कोटाले भनेका छन् ।

नेकपाभित्रको विवादका विषयमा आरोप प्रत्यारोप भइरहेका बेला नेता बास्कोटाको यस्तो धारणा आएको छ । दाहालले सचिवालयको बैठकमा ओलीविरुद्ध अभियोग पत्र पेस गरेको ओली समूहको भनाइ छ ।

प्रकाशित मिति November 17, 2020
Loading...