शहीद परिवारलाई लैनाे भैंसी!

विद्यानन्द राम
सप्तरी -: मधेश आन्दोलनका शहीद तथा घाइते परिवारको जीवनस्तर उकास्न सहयोग पुर्याउने उद्देश्यले प्रदेश २ सरकारले लैनाे भैंसी वितरण कार्यको शुरुवात गरेको छ ।

राजविराज नगरपालिका–९, मलेठबाट आइतबारदेखि पहिलो चरण अन्तर्गत ३४ शहीद तथा घाइते परिवारलाई लैनाे भैंसी वितरण गरिएको हो ।

भैंसी वितरण गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शहीदको हकहितका लागि सरकारले हरसम्भव कार्य गर्ने प्रतिवद्धता जनाउनुभयो । शहीदकै योगदानले मुलुकमा संघीयतासहितको लोकतान्त्रिक गणतन्त्रको स्थापना भएकाले शहीद परिवारको आर्थिक अवस्थामा राहत ल्याउने हिसाबले प्रदेश सरकार अघि बढेको साहको भनाइ थियो ।

प्रदेशभरका आठै जिल्लाका १ सय २२ शहीद तथा घाइते परिवारका लागि लैनाे भैंसी तथा गोठ सुधारका लागि प्रतिपरिवार तीस हजार रुपैयाँ प्रदान गर्ने कार्यक्रममा जानकारी दिइएको थियो ।

प्रकाशित मिति June 23, 2019
Loading...