केपी ओलीका कारण नेकपा फुट्दै, ठूलै नेताले गरे खुलासा!

काठमाडौं -:  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा वैचारिक सिद्धान्तमा विवाद सिर्जना भएको छ। यही विवादका कारण पार्टी फुट्ने खतरा बढेको एक नेताले खुलासा गरेका छन्। (नेकपा)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेपालगन्ज बिमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै पूर्वएमालेले जबज र पूर्ब माओवादीले २१ औं शताब्दीको जनबाद भन्ने आवाज उठिरहेको भन्दै यसले पार्टी एकताको आधार भत्किन सक्ने चेतावनी दिए। पार्टीले जनताको बहुदलीय जनवाद र २१ औं शताव्दीको जनवाद भन्दामाथि उठेर जनताको जनवाद मानिसकेको अवस्था फेरि पुरानै एजेण्डामा चर्चा गर्नुले एकता नटुंगिदै अलग हुने खतरा बढेको उनको निष्कर्ष छ।

नेता भुसालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माथिबाटै आफ्ना मान्छे तोकेर जिल्ला कमिटी बनाउन खोज्दा एकता प्रक्रिया १३ महिना ढिला भएको  आरोप लगाए। ओलीकै कारण सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको उनको आरोप छ।

समग्र सरकारमाथि प्रश्न गर्नुपर्ने अवस्थामा केही मन्त्रीलाई प्रश्न गर्नुको औचित्य नभएको बताउँदै उनले भने केपी कमरेडले एकल तरिकाले सरकार चलाउँदा समस्या देखिएको छ समस्या केपी कमरेडमा छ|पार्टीले संस्थागत निर्णय गर्ने हो।

व्यक्तिले सरकार चलाउने र सरकारले पार्टी चलाउने कार्य गलत भएको उनको तर्क छ।कमरेड केपी सरकारले पार्टी चलाउने भन्नुहुन्छ, यो गलत हो यसरी पार्टी चल्दैन भुसालले भने। दुई अध्यक्षबीच आलोपालो सरकार सञ्चालन गर्ने निर्णय सार्वजनिक भएपछि यसको विषयमा अबको पार्टी बैठकमा कुरा उठ्ने स्थायी समिति सदस्य समेत रहेका भुसालले बताए। दुई ब्यक्तिले गरेको सहमति पार्टीले छलफल गरि अनुमोदन गरेमा मात्रै लागु हुने भएकाले पार्टी बैठकमा पहिले नै छलफल हुनुपर्ने उनको भनाई छ।

प्रकाशित मिति June 23, 2019
Loading...