साउदीमा प्रधानमन्त्री ओली बिरुद्ध प्रदर्शन गर्ने नेपालीलाई स्थानीय प्रशासनद्वारा मुद्धा

काठमाडौं, १५ कात्तिक – साउदीमा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध नाराबाजी गर्ने नेपाली नागरिकलाई स्थानीय प्रशासनले मुद्धा चलाएको छ । बैदेशिक रोजगारीका क्रममा साउदी पुगेका नेपाली नागरिकहरुले नेपाल सरकार प्रति असन्तुष्टी जनाउदै रियादमा प्रदर्शन गरेका थिए ।

भदौ २१ गते स्वदेश फर्कन नपाएका उनीहरुले एक कम्पनीमा प्रदर्शन गरेका थिए । जसमध्ये एक नेपालीलाई शान्ति तथा सुरक्षाको मुद्दा लागेको बताइएको छ । सउदीको कानून अनुसार सार्वजनिक स्थानमा नाराबाजी तथा प्रदर्शन गर्न पाइदैन ।

उता साउदीस्थित नेपाली राजदूतावासले भने मुद्धा लागेका नेपाली श्रमिकलाई माफी दिलाएर स्वदेश फर्काउन पहल भइरहेको जनाएको छ । कोरोना भाइरसको महामारीका कारण साउदीमा धेरै नेपाली श्रमिकहरु नेपाल फर्कने तयारीमा छन् । यसअघि नेपालमा अन्तर्राष्ट्रिय उडानहरु प्रतिबन्ध लगाइएका कारण नेपालीहरु स्वदेश फर्कन सकेका थिएनन् ।

 

प्रकाशित मिति October 31, 2020
Loading...