भारतिय सेनापतिको भ्रमण रद्द गर्न माग गर्दै वि’रोध शुरु (उनी नेपाल आउनु सहि वा गलत ?)

भारतीय सेनापति एमएम नरभाने अर्काे हप्ता नेपाल भ्रमणमा आउने भएका छन् । उनी यही नोभेम्बर ४–५ (कात्तिक १९ देखि २० सम्म) नेपाल आउने भएको भारतीय पत्रिका इकोनोमिक टाइम्सले जानकारी दिएको छ ।

उक्त पत्रिकाले नेपाल भारतका बीचमा हालैका केही महिना यता विग्रिएको सम्बन्ध सुधारको लागि भन्दै उनी नेपाल जान लागेको बताएको छ । पछिल्लो समयमा बिग्रिएको सम्बन्धमा कूटनीतिक रुपमा सुधार ल्याउनका लागि उनको नेपाल भ्रमण हुन लागेको सो पत्रिकाले बताएको छ ।

तर यस विषयमा नेपालका तर्फबाट भने भ्रमण मिति सार्वजनिक भएको छैन । उक्त पत्रिकाले एकातर्फ दुई देशबीचको सम्बन्ध विस्तारमा कूटनीतिक पहलका लागि नेपाल जान लागेको लेखेको छ । सो पत्रिकाको समाचार हेर्दा लाग्छ मानौँ कि दुई देशको सम्बन्ध सुधारका लागि भारतका विदेश मन्त्रीले नेपाल भ्रमण गर्न लागेका हुन् ।

नरभानेको विरोध किन ? यी सेनापतिले नेपालले लिपुलेक सहितको नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको विरोध गरेका थिए । उनले नेपालले नयाँ नक्साको एजेण्डा आफूले नभएर अरु कसैको इसारामा उठाएको भनेर नेपालमाथि कूटनीतिक हमला नै गरेका थिए ।

उनी कूटनीतिक मर्यादा विपरीत गएर नेपाल भारत सम्बन्धमा बोलेको भन्दै उनको नेपाल र भारतमा नै व्यापक विरोध भएको थियो । त्यसैले यस पटकको उनको नेपा लभ्रमण रोक्न माग भएको हो ।नरभानेको भ्रमण रोक्न माग !उनको नेपाल भ्रमणलाई अस्वाभाविक भन्दै नेकपा भित्र पनि विरोध भएको छ ।

प्रकाशित मिति October 30, 2020
Loading...