रवि लामिछाने दम्पत्तिलाई कोरोना संक्रमण

काठमाडौं –  सञ्चारकर्मी रवि लामिछानेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले आफू र श्रीमती निकीतालाई पनि कोरोना पोजेटिभ भएको जानकारी दिनुभएको हो ।

हल्का ज्वरो आएपछि मंगलबार गरेको पीसीआर परीक्षणमा आफूहरूको पोजेटिभ रिपोर्ट आएको उहाँले जानकारी दिनुभएको छ । उहाँले दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गर्नुभएको छ ।

केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरवाहीले संक्रमण भएको हुन सक्ने लामिछानेको भनाइ छ । घरमा वृद्धवृद्धा हुनेले लापरवाही नगर्न उहाँले सुझाव समेत दिनुभएको छ ।

प्रकाशित मिति October 29, 2020
Loading...