दुर्गा माताको दर्शन गरी, ॐ लेखी भेटी स्वरुप एक सेयर गरि आज कार्तिक १३ गते बिहिबारको राशिफल पढ्नुहोस् । आज यी राशी लाई मिल्नेछ सफलत।ॐॐ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
अचानक उपहार मिल्ने योग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ, धनको पनि लाभ होला । आर्थिक क्षेत्र आज सबल तथा फलदायी हुने दिन छ । नसोचेको ठाँउबाट पैसा आउने देखिन्छ । पर्याप्त धन लाभ हुनेछ । आम्दानी बढ्नेछ । कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ । अनुकुल समय छ, काममा लागि पर्ने र काम पूरा गरेरै छाड्ने हठोट गरे सफल भइनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कमाइ राम्रैसंग हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । टाढाको यात्राको पनि योग छ । आज तपाइको नयाँ ठाँउको भ्रमणले आर्थिक लाभ हुन सक्छ । कसैबाट समर्थन पनि पाइएला । आम्दानी अनि खर्च बराबर जस्तो मात्र होला । काममा मन दिन सकेमा सफल भइने दिन छ । खर्च भए पनि भेटघाटमा खर्च हुनाले गर्दा मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुस्टी मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । रुपैँया पैसा फस्ने दिन छ । बौद्धिक कार्यबाट धन लाभ हुनेछ । पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला, होस पुर्याउनु होला । कमाइ कम खर्च बढी हुनेछ । सानो कुराले आज बेला बेलामा अशान्ति र छटपटी हुन सक्छ । खर्च बढ्ने साथै मनमा दुबिधा रहने देखिन्छ । निको भइसकेको रोगले पुन सताउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । अन्य बन्न लागेको काम बिग्रन सक्छ, सावधान रहनु होला । आज टाढाको साथीसंगको भेटघाटले मन प्रफुल्ल रहला । तर, सोचेको काम भने समयमा नै पुरा नहोला । काम बने पनि अशुभ समाचारले मन खिन्न पार्ला । सोचेको जति फाइदा नबने पनि केहि बन्नेछ । व्यवहारिक चिन्ताले सताए पनि प्रयास गर्दा जटिल कार्यहरु पनि बन्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ । आर्थिक पक्षमा रुपमा सुधारको महशुस हुनेछ । पूजापाठमा ध्यान जाने खालको दिन रहेको छ । भाग्यले साथ दिएको छ । प्रसस्तै आर्थिक लाभ हुनुका साथै प्रेम प्रसंगमा रमाइनेछ । वित्त आदिको पनि लाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला । साथै, आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । व्यापार व्यवसायमा नाफा हुने योग छ । धार्मिक सामाजिक काममा संलग्न भइ मन सन्तोष हुनेछ । फलदायक समय छ । कमाइ बढ्नाले मन प्रसन्न रहने छ । सन्तानबाट पनि सुखको समाचार आउला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कामको बोझले थाकेको महसुस होला । घर गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसंग झैझगडा होला । साथीभाइ र कुटुम्बका नातेदारको सल्लाह र सहयोगको खाँचो महसुस हुनेछ । केही कारणले धनको पनि नाश होला । वादविवादको सामना गर्नु पर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् । परिवारमा झमेला होला । आर्थीक पक्ष ठिकै भए पनि झगडा र डरको सम्भावना रहेकाले सावधान रहनु होला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ भने जागिरमा भने होसियार रहनु होला । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ तर पनि कसैसंग सानो मनमुटाव हुन सक्छ । मान सम्मान पाए पनि मनमा डर रहनेछ । प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन् । साथी भाइबाट मान सम्मान पाइए पनि नोकरीमा अपजस आउला जस्तो छ, दिन सामान्य छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । गुरुजन, छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्द व्यापारबाट लाभ मिल्नेछ । कृषिको कामबाट पनि फाइदै होला । प्रेम प्रसंग सुखद रहने छ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ । प्रशस्त धन आर्जन गर्ने मौका पनि छ । मनमा शान्ती मिल्नुका साथै बौधिक कार्यहरु सफल हुनेछने । पढाइमा पनि प्रगति होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ । आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । फसेको पैसा आज उठ्न सक्छ, तपाईंले प्रयास भने गर्नै पर्ने देखिन्छ । साथीभाइले सरसहयोग गर्नेछन् । मनोरंजनको समय रहेको देखिन्छ । तपाईलाई अरुले बढी विश्वास गर्ने खालको समय रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । अनावश्यक ठाँउमा पैसा खर्च हुदैछ । व्यवसायिक क्षेत्र सफल रहने छ । आम्दानीमा कमी आउने छ । रोग लाग्नाले केही आर्थिक क्षति पनि हुन सक्छ । अध्ययन अध्यापनमा मन लगाउन निकै कठिन पर्ला । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । सुखबाट टाढा हुनुपर्ने समय छ । साथै, गरेका काममा सफलता नमिल्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
घरमा पाहुना आगमनको योग छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । साथै, अन्नको पनि लाभ हुने दिन छ । आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला । तर पढाइमा भने खासै मन नजाला । निजी काम बन्ने समय छ । शत्रुहरू परास्त हुनेछन् । प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । रोकिएका अधुरा कार्य मिल्ने साथै आँट गरेको कार्य पुरा हुने समय छ । धनजनको पनि लाभ होला

 

प्रकाशित मिति October 29, 2020
Loading...