‘ रअ’ का हाकिमहरु भेट्न तँछाड मछाड गर्नेहरु नायक बन्न खोजे

काठमाडौं – उपप्रधानमन्त्री मन्त्री ईश्वर पोखरेलले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा प्रधानमन्त्री केपी ओलीसित भेट तथा संवादका लागि आएको दावी गरेका छन् ।

उनले नेपाल सरकारको परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा गेयल नेपाल आएको दावी गर्दै काठमाडौंस्थित भारतीय राजदूतावासले औपचारिक रूपमा त्यसको जानकारी गराउँदै आवश्यक पत्राचार र पहल गरेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामन्त गोयलको टोलीसित गरेका छलफलका टिपोट परराष्ट्र मन्त्रालयमा समेत सुरक्षित रहेको भन्दै उनले भेटमा विगत केही समयदेखि असहज बन्नपुगेको नेपाल–भारत सम्वन्ध र खासगरी सीमा समस्याको समाधानमा केन्द्रीत रहेको बताएका छन् ।

तर, भेटवार्तालाई अतिरञ्जित गर्ने काम भएको भन्दै उनले आफ्नो ६ बुँदे वक्तव्यमार्फत भनेका छन्, ‘विगत केही समयदेखि केही असहज बन्न पुगेको नेपाल भारत सम्बन्धलाई यही अवस्थामा रहन दिनु नहुने मान्यताका साथ गरिएको यो पहल र प्रयत्नलाई एक स्वरमा खासखास खालका मानिसहरूद्वारा किन विरोध भइरहेको छ ? तिनीहरूले किन विरोध गरिरहेका छन् ?

यसलाई अघि सारेर प्रम केपी शर्मा ओली र उहाँले नेतृत्व गरेको सरकारको विरोधमा किन खनिदैछन् – ती मानिसहरू ? कारणहरू राम्ररी बुझिएको छैन । अहिले धेरै कुरा किन गर्ने ! उहाँहरूले वास्तविकता नबुझी पूर्वाग्रह राखेर वा विरोधका लागि विरोध गर्नुपर्छ भन्ने अस्वस्थ्य मानसिकता बोकेर यी सबै काम गरिरहनु भएकोछ भन्ने कुरा ठोकेर भन्न सकिन्छ ।

केपी शर्माओली र उनले नेतृत्व गरेको सरकारका विरूद्ध केही मानिसहरू अहिले विशेष निर्लज्जतापूर्वक लागेको आरोप लगाउँदै उनले उनीहरुको विगतमाथि पनि प्रश्न उठाएका छन् ।जो विगतमा छिमेकीको न्यानो काखमा सुतेर देशका विरूद्ध गतिविधिहरू गरिरहेका थिए ।विगतमा भारतको रअ’ का हाकिमहरूसित भेट गर्न तँछाड मछाड गर्दै यिनै मान्छेहरू छिमेकी मुलुक पुग्दथे त्यहाँ खुसामदका बिन्ती–बोली बिसाउँथे । विडम्बना ! अहिले उनीहरू समेत राष्ट्रियताको बोलीमा लोली मिसाउँदै ओलीले नेतृत्व गरेको सरकारका विरूद्ध बृहद गोलबन्दीको नायक बन्ने प्रयत्न गरिरहेका छन् ।पोखरेलले भनेका छन् ।

राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता, स्वाभिमानमा आँच पुग्ने कुनै पनि कुरासित सम्झौता हुनै नसक्ने भन्दै पोखरेलले यिनै कुरालाई शीरमा राखी राष्ट्रको दीर्घकालीन हितमा लाग्ने कुरामा कहीं कतैबाट पनि वर्तमान सरकारले आँच पुग्न नदिने बताएका छन् ।प्रधानमन्त्रीसँग ‘रअ’ का प्रमुखको भेट – प्रायोजित कुप्रचार र वास्तविकता
(१) भारतीय गुप्तचर संस्था रअ’ का प्रमुख सामन्त गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे विशेष दूतका रूपमा प्रधानमन्त्री केपी ओलीसित भेट तथा संवादका लागि आए र फर्किए ।

(२) नेपाल सरकारको परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा उनी नेपाल आएका हुन् । काठमाण्डौंस्थित भारतीय राजदूतावासले औपचारिक रूपमा त्यसको जानकारी गराउँदै आवश्यक पत्राचार र पहल गरेको थियो ।(३) प्रधानमन्त्री केपी शर्मा ओलीले सामन्त गोयलको टोलीसित केके विषयमा कुरा गर्नुभएको थियो ? बातचितमा प्रम ओलीसित रहनुभएका प्रतिनिधिहरूले जिम्मेवारीपूर्वक सुनेका छन्  टिपोट गरेका छन् । परराष्ट्र मन्त्रालयमा समेत वार्ताको औपचारिक टिपोट सुरक्षित छ ।(४) वातचितमा प्रम ओलीले विगत केही समयदेखि असहज बन्नपुगेको नेपाल- भारत सम्वन्ध खासगरी सीमा समस्यासित र नयाँ नक्सा प्रकाशनसित गाँसिएका विषयमा केन्द्रित रहेको थियो । त्यहाँ नेपालले राख्दै आएका अडानहरू पुन: जानकारी गराइएको थियो र समाधानका लागि नेपालका तर्फबाट स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति October 27, 2020
Loading...