३० महिनादेखि कतारको जेलमा रहेका बिनोदलाई नेपाल ल्याउन ८२ लाख व्लड मनी उठाउन दिनरात नभनी लागे- गरिब, दुखीको हिरो शिशिर भण्डारी (भिडियो हेर्नुस)

काठमाडौं- : रेडियो कार्यक्रम प्रस्तोताबाट मिडिया यात्रा सुरु गरेका शिशिर भण्डारीले त्यसपछि टेलिभिजन कार्यक्रम प्रस्तोता, कलाकार, स्टेज कार्यक्रम सँचालक, स्ट्याण्ड अप कमेडियन, गायक हुँदै युटुबरसम्मको चिनारी बनाए । यतिबेला उनी युटुब मार्फत् नै समाज सेवा गर्ने सामाजिक अभियन्ताका रुपमा चिर परिचित छन् । दुख र सँकटमा रहेका व्यक्तिहरुलाई सहयोग गर्न सधैं तत्पर शिशिरले थुप्रै सामाजिक कामहरुलाई पुर्णता दिएका छन् । सबैल्े उनलाई गरिब, दुखीको हिरो भनेर पनि चिन्दछन् ।

 

बाटोमा सारँगी बजाउने बालक जनक गन्धर्वलाई स्कुल पढाउने, करेन्टले हात खुट्टा गुमाएका कृष्ण वलिलाई करोडौं सहयोग उठाएर कृत्रिम हात खुट्टा हाल्न योग्य बनाउनेदेखि लिएर अन्य धेरै सामाजिक कामहरु शिशिरले गरेका छन् । सम्पुर्ण नेपाली र नेपाली भाषीको साथ पाएका शिशिरले यतिबेला चितवनका २२ बर्षे बिनोद रानाभाटको दर्दनाक पिडालाई दर्शक माँझ ल्याएका छन् । कतारमा भारतियलाई मारेको झुटो आरोपमा ३० महिनादेखि जेलमा रहेका बिनोदलाई ८२ लाख नेपाली रुपैंया तिरेर नेपाल फर्काउने अभियानमा शिशिर लागि परेका छन् । त्यसका लागि उनले सरकार र सबै नेपालीलाई अनुरोध गरेका छन् ।

भिडियो हेर्नुस

प्रकाशित मिति June 23, 2019
Loading...