जाडो महिनामा संक्रमित झनै बढ्ने, चार लाख पुग्ने स्वास्थ्य मन्त्रालयको अनुमान

काठमाडौं, १० कात्तिक –  सरकारले जाडो महिनामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा बृद्धि हुने अनुमान गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख पुग्ने अनुमान गरेको हो । सोही आंकलनमा रहेर त्यसलाई रोक्न आवश्यक तयारीमा मन्त्रालय जुटेको छ । हाल नेपालमा कोरोना संक्रमितको संख्या करिब डेढ लाख छ ।

दिनप्रतिदिन संक्रमण बढीरहेको छ । जाडो मौसममा संक्रमण झन् बढ्ने र यसको असर धेरै हुने मन्त्रालयको आँकलन छ । यूरोप लगायतका देशमा पनि जाडो सुरु भएयता कोरोनाको दोस्रो लहर बढेको छ, जून पहिलेभन्दा भयावह छ ।नेपालमा पनि जाडो मौसम निकै जोखिमपूर्ण हुने अनुमान गरिएको छ । यस्तै, दशैं, तिहारका कारण संक्रमण गाउँ गाउँ पुग्ने र फैलने जोखिम आँकलन सरकारले गरेको छ

 

प्रकाशित मिति October 26, 2020
Loading...