टिकाको शुभ साइत  विहान १०.१९ बजे। सबैले साइतको टिका लगाउ

काठमाडौं- नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमबार बिहान १०.१९ बजे उत्तम भनेको छ ।

यसैगरी देवी विसर्जनको साइत बिहान १०.११ बजे भनेको छ । गृह मन्त्रालयका उपसचिव वासुदेव घिमिरेद्वारा प्रेषित अभिलेखमा समेत सोही समय जनाइएको छ ।

प्रकाशित मिति October 25, 2020
Loading...