रवि लामिछानेले मागे सबैको सहयोग, शेयर गरौँ!

केही अनलाईनले सिधा कुरा जनतासँगका चर्चित प्रस्तोता रवि लामिछाने र सोहि कार्यक्रमको प्रोड्युसर दीपक बोहोराबिच झगडा भएको समाचार आएपछि लामिछानेले उक्त समाचार गलत भएको भन्दै दीपकसँगको तस्बिर सार्वजनिक गरेका थिए । बोहोराले पनि दुईबिचको सम्बन्ध कहिले नतोडिने भन्दै तस्बिर सार्वजनिक गरेका थिए । लामिछानेले उक्त कुरा बताएको केहि समयमै एक अनलाईनको स्क्रिनसट गरेको तस्बिर सार्वजनिक गर्दै दर्शकलाई केहि कुरा सोध्न आग्रह गरेका छन् । उनले समािजक संजाल फेसबुकमा लेख्दै, ‘उहाँले मेरो फोन उठाउनु भएन । उहाँको वेबसाईटमै भएको नम्बर याहा राखेको छु ।

सभ्य शिष्ट भाषामा उहालाई सोधिदिनु होला,म कहिले याक एण्ड यति होटेल गए? एकै परिवारका दाजुभाइ जसरी मिलेर दिनरात सङै काम गरिरहेका मेरा सहकर्मीबीच कुटपिट भएको उहाले कहाँ देख्नु भएछ ?उहाँसग प्रमाण मागि मलाई सहयोग गरिदिनु होला।उहाले मेरो फोन उठाउनु नै भएन अहिले याा गर्नु भो।हामी अर्को हप्ता कार्यक्रमको ४०० भागको तयारीसगै कार्यक्रम निर्माणमा ब्यस्त छौ। उहाँ लगायत धेरै मित्रहरु प्रत्यक दिन केही न केही लेखेर खेद्ने तयारीमा हुनुहुन्छ।यस्तै हो पत्रकारिता? उहाँहरु जस्ताको एउटा ठूलो समूह छ जो अब जिन्दगी भर खेदी रहने प्रण सहित लाग्नु भएको छ।कसैको जुठो खाएर यस्तो झुठो समाचार लेखि सकेर घर गएर आफ्ना सन्तान र बा आमाको आँखामा आँखा जुदाउन कसरी सक्नुहुन्छ?छि .. यस्तो काम गरेरपनि के खानु?

अनि आर्यन तामाङ भनिने अनिल तामाङ जी.. मध्य रातमा प्रहरिको कुटाई खाएर रिपोर्टिङ गर्ने मरो रिपोर्टरलाई तपाईंले लगाउनु भएको आरोपका बारे तपाइँसङ लाईभ कुरा गर्न ४ पटक कल र म्यासेज गरि सके। न भाग्नुहोला,आज लाईभ कुरा गरौ।अथार्थ सुनेर जिब्रो टोक्ने कि हामीलाई गरेको गाली गलौज सहितका कमेन्टहरु मेट्ने,आजको कार्यक्रम पछि निर्णय लिनुहोला ।’ लेख्दै ह्यास्जट्याग अतिभो भनेर समाजिक संजालमा प्रतिक्रिया दिएका छन् ।

 

प्रकाशित मिति June 22, 2019
Loading...