प्रदेशका नाम जाति र भाषाको पहिचानमा राख्‍न पर्छ,नहुने कहाँको संघीयता हो ? आफ्नो विचार कमेन्ट गरौ

काठमाडौं -: जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रदेशका नाम जाति र भाषाको पहिचानको आधारमा नराखिएको भन्दै टिप्पणी गरेका छन् ।उनले मंगलबार राति ट्वीट गर्दै नदी र भूगोलको पहिचानमा मात्र राख्न हुने तर जाति र भाषाको पहिचानमा राख्न किन नहुने भन्दै प्रश्न गरेका हुन् । उनले प्रश्न गरेका छन् –यो कहाँको मार्क्सवाद, लोकतन्त्र, संघीयता हो ?उनले अमेरिका र भारतमा जाति र भाषाका नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा किन टुक्रने भनेका छन् ।

उनले भनेका छन् – “हाम्रा प्रदेशका नाम नदी, भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति, भाषाको पहिचानमा राख्न नहुने?यो कहाँको मार्क्सवाद, लोकतन्त्र, संघीयता हो?अमेरिकामा Alaska,Arizona,Utahआदि,भारतमा तामिलनाडु,बंगाल,पंजाब आदि अधिकांश जाति/भाषाका नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने?

त्यस्तै बुधबार बिहानको अर्को ट्वीटमा उनले शहीदहरुसँग माफी माग्दै महेन्द्रपथका अवतार श्री ७ खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी,गण्डकी, वागमती नाममा टेवल ठटाइरहेको देख्दा भूपी शेरचनको पंक्ति याद आएको बताएका छन् ।

उनले भने हिजो मगरात, तमुवान, ताम्सालिंग, नेवास् स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री ७ खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनीरगण्डकीरवागमती नाममा टेवल ठटाइरहेको देख्दा भूपीको पंक्ति याद आयोस् मरेर शहीद हुनेहरू हो,बाँचेर त हेर,बाँच्न झन् गाह्रो छ!सरी लली रोका,सुरेश वाग्ले

प्रकाशित मिति October 7, 2020
Loading...