दुर्गा प्रसाद कडरियाको शब्दमा प्रबिनको ‘मुटु भित्रै राख्छु तिमीलाई‘ सार्वजनिक (भिडियो)

य़ूएई -: भर्खरै मात्रै सकिएको चर्चित गायन रियालिटी सो नेपाल आइडल ३ को फस्ट रनरअप बन्न सफल गायक प्रविन बेडवालको नयाँ गीत सार्वजनिक भएको छ ।गाउँले परिवेशमा बनेको भिडियोको गीतमा प्रविन बेडवालको स्वर रहेको छ । ‘मुटु भित्रै राख्छु तिमीलाई‘ मा दुर्गा प्रसाद कडरियाको शब्द रहेको छ जो परदेश बसेर नेपाली गीत संगीतलाइ माया गर्दै काम बाहेक बचेको समयमा गीत गजल लेख्ने गर्नुहुन्छ भने उहाको सब्दमा चर्चित गायकहरु ले स्वर दि सक्नु भएको छ भने यस गीतमा रमेश कडरियाको संगीत रहेको छ ।

भिडियोको सम्पूर्ण जिम्मा कैलाश रेग्मीले लिएका थिए भने संगीत संयोजन उदयराज पौडेलले गरेका छन् ।भिडियोका निर्माता तथा गीतकार दुर्गा प्रसाद कडरिया स्वयम् रहेका छन् ।यस भिडियोलाई निर्देशन भने रिकेश बज्राचार्यले गरेका छन्। कलाकारहरुमा नवराज सिंह खड्का र प्रतिशा रिजालले मुख्य भूमिकामा खेलेका छन् भने भिडियोलाइ आफ्नै च्यानल बाट सर्वानाजिक गरेका छन्

बाँकि भिडियो हेर्नुहोस

प्रकाशित मिति September 29, 2020
Loading...