रेशम चौधरीलाई उपचारका क्रममा साङ्लो लगाउनेलाई कारवाही गर्न ओलीको निर्देशन

धानमन्त्री केपी शर्मा ओलीले टीकापुर घटनाको अभियोगमा कैद सजाय भोगिरहेका सांसद

रेशम चौधरीलाई उपचारका क्रममा साङ्लो लगाउनेलाई कारवाही गर्न निर्देशन दिनुभएको छ ।

उहाँले मुख्य सचिव लोकदर्शन रेग्मीलाई फोन गरी अस्पताल भर्ना भएका चौधरीलाई साङ्लो लगाउनेलाई कारवाही गर्न निर्देशन दिनुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।प्रधानमन्त्रीले साङ्लो तुरुन्त खोल्न र त्यो लगाउनेलाई कारवाही गर्न मुख्यसचिवलाई निर्देशन दिनुभएको छ, उहाँले भन्नुभयो । उपचारका क्रममा बीर अस्पतलामा भर्ना भई शै्यामा रहदा चौधरीलाई साङ्लो लगाइएको थियो ।

 

प्रकाशित मिति June 22, 2019
Loading...