नेपालको दुई वटा इलेक्ट्रोनिक रेल जनकपुर आइपुग्यो भिडियो सहित

काठमाडौ -:  भारतबाट खरिद गरिएको नेपालको दुई वटा इलेक्ट्रोनिक रेल जनकपुर आइपुगेको छ । नेपालको जनकपुर हुँदै भारतको जयनगर खण्डमा गुड्ने रेल आज परीक्षणका लागि जनकपुरधाम आइपुगेको हो।जनकपुरधाममा लगभग सात वर्षपछि रेल आउन थालेपछि जनकपुरधामको रेल्वे स्टेसनमा बच्चादेखि वृद्धसम्म रेल हेर्न उल्लेख्य भिड लागेको छ ।

नेपालको राष्ट्रिय झन्डा रातो र निलो रङमा तयार पारिएको रेल भारत सरकारले रेल्वे विभागलाइ हस्तान्तरण गर्ने कार्यक्रम छ । परीक्षणपश्चात विधिवत सञ्चालन नहुन्जेल रेललाई जयनगरमै राखिने रेल्वे विभागले जनाएको छ । ब्रोडगेज रेलखण्ड तयार भए पनि रेल नहुँदा सेवा सुचारु हुन सकेको थिएन ।

यसअघि रहेको न्यारो गेजलाई हटाएर भारतको सहयोगमा जयनगर–जनकपुर–कुर्थासम्म ब्रोडगेज रेलमार्ग निर्माण गरिएको छ । दुई बर्षअघि नै जनकपुर जयनगर रेल सञ्चालनको तयारी सरकारले गरेको थियो ।पाँचवटा डिब्बासहितको यो रेलमा एकपटकमा १३ सय जनाले यात्रा गर्न सक्छन् । विभागले भ्याटबाहेक ८६ करोडमा दुई वटा रेल भारतीय कम्पनीमार्फत खरिद गरेको हो ।

प्रकाशित मिति September 18, 2020
Loading...