शिव परियारर अर्जुन पोखरेलको दशैं तिहार गीत “मेरी आमा” सार्वजनिक (भिडियो सहित)

युएइ – नेपालीहरुको महान चाड बडा दशैं र दिवाली नजिकिदै गर्दा दशैं तिहारका गीत जता ततै बज्न थालेका छन् यसै क्रमलाइ निरन्तरता दिदै परदेशी कलाकार केशब कटुवालले पनि दशैं तिहार गीत “मेरी आमा” सार्वजनिक गरेका छन्।जसमा परदेश बाट आमाको सम्झनाका कथाहरु समेटिएको छन।

अहिलेका चर्चित गायक शिव परियारको सुमधुर स्वरमा सजिएको छ भने संगीत चर्चित संगीतकार अर्जुन पोखरेलले गरेका छन् र संगीत संयोजनपनि उनकै रहेको छ उक्त गीतमा केशब कटुवालले शब्द कोरेका छन् उनि परदेशमा नै बसेर नेपाली गीतसंगीतलाइ माया गर्दै आएका छन्

उक्त गीतको भिडियो केशब कटुवालकै निर्देशन रहेको छ भने भिडियोको छायांकन राम कुमार केसी, मार्क सुब्बा र सम्पादन टेकेन्द्र शाह र मिराज अर्यालको रहेको छ। गीतको भिडियो मा गीतकार तथा मोडल दिपिका भट्ट,भावना घिमिरे र मविरा भट्टराईले केशब कटुवाललाइ साथ दिएका छन् भने गीत दि ए बि प्रेजेन्ट नेपालको च्यानल बाट सार्वजनिक गरिएको छ। बाँकि भिडियोमा हेर्नुहोस

प्रकाशित मिति September 16, 2020
Loading...