कुलमानलाई फेरि जिम्मेवारी दिन प्रचण्डको अडान, ओलीलाई दिए चेतावनी हज्रु हरु कसको पक्षमा ?

काठमाडौं -: ४ वर्ष कार्यकाल सकेर नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक एमडी पदबाट विदा हुन लागेका कुलमान घिसिङलाई फेरि जिम्मेवारी दिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अडान लिएका छन्।

कार्यकाल सकिनु अगाडिदेखि नै प्रचण्ड कुलमानको पक्षमा उभिदै आएका छन्। तर प्रधानमन्त्री केपी शर्मा ओली र विभागीय उर्जा मन्त्री वर्षमान पुन भने सकारात्मक छैनन्। उनीहरु सकभर कुलमानलाई पन्छाउन चाहन्छन्। यस्तो बेला हिजाे कुलमानको कार्यकाल सकिनै लाग्दा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन्। प्रचण्ड आइतवार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई कुलमानलाई नै दोहोर्या उन ध्यानाकर्षण गराएका हुन्।

कुलमानको पक्षमा सकारात्मक नदेखिएका ओलीलाई प्रचण्डले जनमतको कदर गर्न भन्दै चेतावनी दिएका हुन्। बरु कुलमानलाई कुनै ठाउँमा सच्याउनुपर्ने भए त्यो गर्न सकिने तर जनमत विपरीत नजान प्रचण्डले सरकार प्रमुख ओलीलाई चेतावनि दिएका हुन्। भेटमाम प्रचण्डले स्थायी कमिटी पारित गरेको कार्यदलको प्रतिवेदनमा उल्लेखित सार्वजनिक हित र सरोकार र नियुक्तिका विषयमा निर्णय लिँदा पार्टीमा छलफल गरेर संस्थागत निर्णय गर्नुपर्ने बुँदा पनि स्मरण गराएका थिए।

प्रचण्डको अडान पछि प्रधानमन्त्री ओली केही लचिलो देखिएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीले आजको मन्त्रिपरिषद बैठकबाट नियुक्तिको निर्णय गर्न सक्छन्। आज बैठक बसेन भने अर्को बैठकमा निर्णय हुनसक्छ। उर्जा मन्त्रालयले पनि एमडी नियुक्तिका लागि गृहकार्य गरिरहेको छ। उर्जामन्त्री पुनको सिफारिसमा मन्त्रिपरिषदले विद्युत प्राधिकरणको एमडी नियुक्त गर्ने प्रावधान छ। प्रधानमन्त्री सकारात्मक भए उर्जा मन्त्रालयले कुलमानकै नाम सिफारिस गर्नुपर्ने छ।

प्रकाशित मिति September 15, 2020
Loading...