सरकारले कोरोनाको नाममा भ्रष्टाचारबाहेक केही गरेन – देउवा सहमत हुनेले सेयर गरौ

काठमाडौं -:  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा सरकारले भ्रष्टाचार बाहेक केही काम नगरेको टिप्पणी गरेका छन् ।१०७ औं बीपी जयन्तीको अवसरमा बुधबार आयोजित भर्चुअल कार्यक्रममा देउवाले कोरोना संक्रमण डरलाग्दो गरी बढेको बताए । उनले भने, सरकारले कुनै चिन्ता गरेको छैन । कोरोना नाममा पैसा उठाउने, भ्रष्टाचार गर्ने बाहेक केही काम गरेको छैन ।

सरकारले अझै पीसीआर परीक्षण नबढाएको, आइसोलेसन सेन्टरहरु नबढाएकमो उनको आरोप छ ।नेपाललाई कोरोनामुक्त बनाउने अभियानको कांग्रेसले नेतृत्व गर्नुपर्ने भन्दै उनले आफू पनि मास्क लगाउन र सामाजिक दुरी कायम गर्न, अरुलाई पनि सुसूचित गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित मिति September 10, 2020
Loading...