रातको समयमा ४२ जना बालबालिका लग्न खोजेका तस्करहरु यूवाहरु द्धारा पक्राऊ ।

२०७६ असार ०६ गते ।
राप्ति नगरपालिका वडा नम्बर १३ काईदार भन्ने ठाउँबाट रातको समयमा ४२ जना बालबालिकाहरुलाई स्कुल र गाउँ नै खाली गराई अबैध रुपमा गोर्खा लाने तयारी गरिरहेका व्यक्तिहरुलाई त्यहाँका स्थानिय युवाहरुले पक्राऊ गरेका छन् ।

ति बच्चाहरुलाई कहाँ र किन लगिदैछ भन्ने कुराहरु पूर्णरुपमा थाहा भईसकेको अवश्था छैन । यस विषयमा प्रहरी र स्थानिय निकायहरुलाई जानकारी गराईएको र यस विषयमा गम्भिर छलफल हुने स्थानिय रुवाहरुले बताईएका छन् । विभिन्न बहानामा जम्मा बनाईएका ४२ जना बालबलिकाहरुलाई आखिर लान्छन् कहाँ ? उनीहरुलाई के गर्छन् ? कतै उनीहरुको मृगौला, आँखा लगायतका महत्वपूर्ण अङ्गहरु निकालेर बेच्नको लागी त होइन ? यो प्रश्न आफैमा गम्भिर छ । यस्ता खाले दलालहरुलाई कानुनको कठघरामा उभ्याई कडा भन्दा कडा सजाय दिन जरुरी छ ।

अभिभाबकहरुले पनि आफ्ना बालबच्चाहरुको ख्याल राख्न जरुरी छ, कतै तपाई हाम्रा घर वरिपरी पनि यस्ता तत्वहरु घुमिरहेका त छैनन् ? यदि यस्ता किसिमका व्यक्तिहरु तपाई हाम्रो समाजमा छन् भने प्रहरी र सम्बन्धित निकायहरुलाई खबर गरौं र सचेत नागरिक बनौं । आफ्ना पनि बचाऔं र अरुका बालबच्चाहरु पनि बचाऔं ।

भिडियो हेर्नुहोस् ।

प्रकाशित मिति June 21, 2019
Loading...