इनास अष्ट्रियाद्वारा आयोजित “हरितालिका तीज साँझ 2020” कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न (फोटो फिचर)

इनास अष्ट्रियाद्वारा आयोजित “हरितालिका तीज साँझ 2020” कार्यक्रम गत शनिवार अष्ट्रियाको भियनामा सौहार्दपूर्ण पारिवारिक वातावरणमा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । इनास अष्ट्रियाकी अध्यक्ष सन्तोषी भण्डारीको सभापतित्व तथा संस्थाका सरंक्षक Andreas Renner को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदुतावास भियनाका राजदुत महामहिम प्रकाश कुमार सुवेदीका धर्मपत्नी शुसान सुवेदी, इनास अष्ट्रियाका केन्द्रिय प्रतिनिधी शेखर लामा तथा इनास अष्ट्रियाका सल्लाहकारहरूको विशेष आतिथ्यता रहेको थियो भने अष्ट्रियामा रहेका विभिन्न संघसंस्थाहरू ( नेसास अष्ट्रिया, आदिवासी जनजाती महासंघ अष्ट्रिया, Sport Club Vienna – SAGARMATHA Austria ) का अध्यक्ष तथा प्रतिनिधीहरू अतिथीको रूपमा उपस्थित भएका थिए।


पानसमा दिप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरिएपश्चात कार्यक्रम संयोजक सम्झना वोहोराले तीज कवितासहितको मिठो मन्तव्यद्वारा उपस्थितहरूलाई स्वागत गरेकी थिईन् भने विशेष अतिथी श्रीमती सुशान सुवेदी र प्रमुख अतिथी Andreas Renner ले हरितालिका तीजको उपलक्ष्यमा मन्तव्य द्वारा शुभकामना दिएका थिए ।अष्ट्रियामा रहेका स्थानिय कलाकारहरूको वेजोड प्रश्तुतीमा दर्शकहरू झुमी-झुमी रमाउदै भरपुर मनोरन्जरसहित हुटिङ गरिरहेका थिए । दमदार नृत्य प्रश्तुत गर्ने कलाकारहरूमा पुनम पौडेल, सन्ध्या गुरूङ, मुना गुरूङ, मन्जु खड्का, भवानी तीवारी, सम्झना वोहोरा, श्वेता वज्राचार्य, दुर्गा ढकाल, रूकमिणी पौडेल, सरिता सिलवाल,अनिता भुजेल र कोपिला थापा रहेका थिए ।अष्ट्रियाको चर्चित टि भी च्यानल ORF 2 का भिडियोग्राफरहरूले निकै उत्साहका साथ नेपालीपर्व हरितालिका तीज कार्यक्रमको श्रव्यदृष्य खिचेका थिए भने अन्य फोटो तथा भिडियोमा अष्ट्रियन तथा अफगानी नागरिक र संस्थाका महेन्द्र लिम्वु र कन्चन लिम्वु रहेका थिए ।


।तीज पर्वमा दिदिवहिनीहरूको खुलेर नाच्ने चाहनालाई मध्यनजर गर्दै औपचारिक कार्यक्रम संस्थाकी महासचिव शुभद्रा भण्डारीले दर्शकलाई पट्यार नलाग्ने तरिकाले छोटोमिठोरूपमा संचालन गरेकी थिईन् । कार्यक्रमको शुरूवातदेखी नै विभिन्न परिकारहरूको साथमा तीजको दर खुवाईएको थियो भने दर्शकहरूको उल्लेख्य उपस्थितीको कारण हल खचाखच भरिएको थियो ।विश्वव्यापी रूपमा फैलिएको कोरोमा माहामारी रोकथामका उपायाहरूलाई विशेष महत्वकासाथ आयोजक टिमले कार्यक्रम व्यावस्थापन गरेको थियो ।


उद्घोषिकाले कार्यक्रमलाई आर्थिक, भौतिक र नैतिक समर्थन गर्ने सहयोगीमनका धनीहरूको नामहरू उद्घोष गर्न थालेपश्चात दर्शकहरू उत्साहपूर्वक गठन भएको एक वर्ष नवित्दै इनास अष्ट्रियाले समाजमा आफ्नो स्थान वनाउन सफल भएको वलियो उदाहरण भन्दै खुलेर प्रशंसा गर्दै ताली वजाईरहेका थिए । कार्यक्रमकै दौरान पनि सहयोगी मनका धनीहरूले सहयोग गरेका थिए ।कार्यक्रमलाई सफल वनाउन विभिन्न माध्यामवाट सहयोग गर्ने सहयोगीहरूलाई धन्यवाद ज्ञापन तथा तीजको शुभकामना दिदै कार्यक्रम सभापती सन्तोषी भण्डारीले औपचारिक कार्यक्रम समापन गरेपश्चात उपस्थित दिदीवहिनीहरुलाई मन खोलेर नाच्नकोलागि विशेष समय प्रदान गरिएको थियो । रातो सारी, चुरा पोते र गहनामा धपक्क सजिएका उपस्थित दिदिवहिनीहरू तीजको स्वादिश्ट दरसंगै वर्षदिनको चाडमा दिल खोलेर नाचेका थिए ।

प्रकाशित मिति August 23, 2020
Loading...