नेता मारिएको विरोधमा विप्लव समूहद्वारा असार १० गते नेपाल बन्द घोषणा!

काठमाडौँ : प्रतिबन्धित नेकपा विप्लव समूहले आफ्नो कार्यकर्ता मारिएको विरोध गर्दै असार १० गते नेपाल बन्द गर्ने चेतावनी दिएको छ। पार्टी महासचिव विप्लवद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ– पार्टीका नेता र कार्यकर्तालाई सक्रिय रक्षामा रहन पनि निर्देशन छ।

महासचिव विप्लवद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘केपी वली नेतृत्वको सरकारले देशलाई भयानक भिडन्ततिर धकेल्ने र लुटको राज्य लम्ब्याउने बदनियतले मुठभेडका नाममा दैनिक निःशस्त्र कार्यकर्तालाई नियन्त्रणमा लिँदै हत्या गर्दै गरको छ।

‘त्यसै क्रममा असार ५ गते राजनीतिक कार्यक्रम सकेर फर्कंदै गर्दा सर्लाही लालबन्दी १ लखन्ती खोलामा हाम्रो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई सरकारले नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको छ र जनता तथा आफ्नो गैरन्यायिक हत्या र अपराधमाथि पर्दा हाल्न कथित भिडन्तको कथा सार्वजनिक गरेको छ’।

पार्टीले त्यो दाबी खारेज गर्दछ र सबै न्यायप्रेमी नागरिक, मानव अधिकारकर्मी, सञ्चारजगत् र बौद्धिक तथा नागरिक समाजसँग निष्पक्ष छानबिनका लागि अपिल गर्दछ।

प्रकाशित मिति June 21, 2019
Loading...