दुबई एयरपोर्टमा करिब १०० नेपाली यात्रु अलपत्र पारि रित्तै फर्किंदै नेपाल एयरलाइन्स दोसी को ?

२ भदौ, काठमाडौं -:  सरकारले उद्धार उडान स्थगित गरेपछि दुबई एयरपोर्टमा करिब एक सय नेपाली यात्रुहरु अलपत्र परेका छन् । यात्रुहरुलाई लिन भनेर दुबई पुगिसकेको नेपाल एयरलाइन्सको विमान भने रित्तै फर्किँदै छ ।

दुबई एयरपोर्टमा करिब एक सय जना नेपाली यात्रुहरु छन् । घर फिर्तीको सबै प्रक्रिया पूरा गरेर एयरपोर्टमा पुगिसकेका उनीहरु प्लेन रित्तै फर्र्किन लागेको खबर पाएपछि आक्रोशित भएका छन् । उनीहरुले आफूहरुको सम्पूर्णको खर्च नेपाल एयरलाइन्स वा उडान रद्द गराउने सीसीएमसी र यसका प्रमुख उपप्रधानमन्त्री ईश्वर पोखरेलले व्यहोर्नुपर्ने भन्दै सामाजिक सन्जालमा आक्रोश पोखेका छन् ।

सीसीएमसीले सोमबार परराष्ट्र र पर्यटन मन्त्रालयलाई पत्राचार गर्दै उद्धार उडान रोक्न भनेको थियो । विभिन्न स्थानीय तहरुले निषेधित क्षेत्र घोषणा गर्ने क्रम बढेको र होटल क्वारेन्टिनको व्यवस्था पनि भइनसकेको भन्दै उद्धार उडान रोक्न सीसीएमसीले भनेको थियो । सीसीएमसीको सोही आग्रहअनुसार विदेशबाट हुने सम्पूर्ण उद्धार उडान एक्कासी स्थगित गरिँदा विदेशका एयरपोर्टहरुमा कयौं यात्रुहरु अलपत्र परेका छन् ।नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले यात्रुहरुलाई लिन दुबई गएको प्लेन आज रित्तै फर्किने बताइन् । उनले भनिन्, ‘सीसीएमसीले आजबाट यात्रुलाई काठमाडौं ल्याउने अनुमती रद्द गर्यो, त्यसैले यात्रु ल्याउन सकेनौं । प्लेन रित्तै फर्कनेछ ।

यसबाट यात्रुहरुले दुःख पाउनुका साथै नेपाल एयरलाइन्सलाई घाटा पनि लागेको उनले बताइन् । यात्रुहरुले टिकट काटेको पैसा या फिर्ता पाउने या अर्को उडान भएपछि आउने उनले बताइन् ।नेपाल एयरलाइन्सकी प्रवक्ता खड्काका अनुसार दुबईको स्टेसन म्यानेजरले सम्भव भएसम्मका यात्रुहरुलाई राति एक बजे नै फोन गरेर उडान स्थगित भएको जानकारी दिएका थिए । स्टेसन म्यानेजरले फोन सम्पर्क हुन नसकेका करिब एक सय यात्रुहरु एयरपोर्ट आएको बताएको खड्काले जानकारी दिइन् ।अनलाइन खबर

प्रकाशित मिति August 18, 2020
Loading...