असार ६ गते शुक्रबारको राशिफल सगै पशुपति नाथको दर्सन गरौ मनले चाहेको पुरा हुने छ !

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
पढाइलेखाइमा राम्रो नतिजा देखाउन सकिनेछ । यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
सन्तानबाट फाइदा र सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । दिन रमाइलै बित्ला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मानहानि वा अपजशको सम्भावना छ, कसैको लैलैमा टाढाको यात्रा समेत हुन सक्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने देखिन्छ होस पुर्याउनु होला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
भूमि, घर अथवा वाहन प्राप्तिको योग छ, अनावश्यक खर्च, कर्जा र चोटपटकका लाग्न सक्छ सावधान रहनु होला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आर्थिक उपार्जनमा सुधार आउनेछ । कृषि र पशुपालनमा सामान्य फाइदाको योग रहेको छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
रुपैया पैसाको कारोबार हुने दिन रहेको छ, आफन्तसंग पनि भेटघाटको अवसर मिल्ने देखिन्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
उत्तम रोजगारी मिल्नेछ र नोकरीमा पदोन्नति समेत हुनेछ । व्यवसायमा अनुकूल परिवर्तन होला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति र सफलता मिल्नेछ, नसोचेको ठाउबाट आर्थिक लाभ पनि होला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
सहयोगीहरूबाट उचित सहयोग पाइनेछ, पारिवारिक असमझदारी र बन्धुबान्धब संग मनमुटाव पनि होला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारो सिर्जना गर्न सक्छ ।

प्रकाशित मिति June 20, 2019
Loading...