असार महिनाको मार्सीक राशिफल सगै माताको दर्सन गरौ !

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो महिनामा सूर्यले तपाईको राशिबाट तेस्रो स्थानको भ्रमण गर्नाले रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । राज्यबाट मानसम्मान मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । २० गतेबाट साझेदारी काममा उल्झन आउनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । यो महिनाको लागि शुभ अङ्क १,४ र शुभ रङ्ग रातो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशी हुनेहरूकालागि असार महिनामा गरेको कार्यमा सफलता पाईनेछ । विद्या र बुद्धिको विकास हुनेछ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । अचल सम्पत्ती हातपर्ने योगछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग रातो वा घुर्मैलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो महिनामा तपाईंको राशिमा सूर्यले भ्रमण गर्नाले कार्य सम्पादनमा सहजता मिल्नेछ । अचल सम्पत्ती हातपर्ने योगछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । बोलीको भरमा कार्य सम्पादन हुनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । यो महिनाको लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हल्का हरियो वा आकासे नीलो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकालीजीको ध्यान गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो महिनामा सूर्यले तपाईको राशिबाट बार्हौं स्थानको भ्रमण गर्नेछ । यो महिनामा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । १७ गतेबाट ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग सेतो वा सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक लाभ मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
फागुन महिना फलदायी रहनेछ । काम बन्नुका साथै नयाँ कार्यको थालनी हुनेछ । आफन्त एवं परिवारजनबाट पनि विशेष लाभ हुनेछ । शुभ कार्यको योग छ । कर्म प्राप्तिको योग देखिन्छ सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । व्यापार व्यवसायमा बृद्धि हुनुका साथै विशेष लाभ हुने देखिन्छ । यो महिनाको लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग रातो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको दर्शनगरी आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो महिना समग्रमा सकारात्मक महिना रहेको छ । विद्या, बुद्धि र सन्तान सुख मिल्नेछ । अतिथिको रूपमा सत्कार पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय छ । कला र गलाको प्रभाव बढ्दै जानेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क १,८ र शुभ रङ्ग हरियो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा शिवजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो महिनामा विशेषगरी न्यायिक कार्यमा सफलता मिल्नेछ । राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि मधुर मिलनको योग छ । छरछिमेकमा सम्पन्न हुने धार्मिक सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । घर, जग्गा खरिद तथा बिक्रिको योग छ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो महिनामा सूर्यले तपाईको राशिबाट आठौँ स्थानको भ्रमण गर्नेछ । उक्त समयमा प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । कसै कसैका लागि विवाहको योग छ । दैनिक कार्यमा प्रगती हुनेछ । खर्च बढेपनि आम्दानी भन्दा बढी खर्च हुनेछैन । धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । लामो यात्रा सुखद र सफल हुनेछ । यो महिनाको लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हल्का रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व मृत्युञ्जय भगवानको ध्यान गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो महिना त्यति राम्रो देखिँदैन, बन्न लागेको काम विग्रिनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्नेछ । व्यर्थको सास्ति खेप्नु पर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । महिनाको अन्त्यमा काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । यो महिनाको लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो महिनामा सूर्यले तपाईको राशिबाट छैठौं स्थानको भ्रमण गर्नेछ । यो महिनामा परिवारमा सुख सन्तोष छाउला । कसै कसैका लागि विवाहको योग छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ । यो महिनाको लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो महिनामा सूर्यले तपाईको राशिबाट पाँचौ स्थानको भ्रमण गर्नेछ । महिनाको पूर्वार्धमा अधिकार प्राप्तिकालागि संघर्श गर्नु पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । महिनाको उत्तरार्धबाट धर्म,कर्ममा रुची बढ्ने र शुभकार्यको चर्चा चल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग घ्यूरङ्ग वा रातो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी कार्य आरम्भ गर्दा अत्यन्त लाभ हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो महिनामा सूर्यले तपाईको राशिबाट चौथो स्थानको भ्रमण गर्नेछ । उक्त समयमा प्रेमी÷प्रेमिकाकाबिच खिन्नता बढ्नेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । खर्चिलो यात्रा रहनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । महिनाको उत्तरार्धबाट आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । नसोचेको ठाउँ बाट धन हात पर्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि शनिदेवको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल (अधिक जानकारीको लागि 977-9849559502)

प्रकाशित मिति June 20, 2019
Loading...