दुबई बाट गएको  विमान दु*र्घटनामा मृ*त्यु हुनको संख्या १४ पुग्यो, १५ जना गम्भिर घाइते !

काठमाडौं -:  भारतको केरलामा भएको १९१ यात्रु सवार विमान दुर्घटनामा पाईलटसहित १४ ´जनाको मृत्यु भएको छ। दुबईबाट यात्रु लिएर आएको एयर ईण्डियाको बोईंग ७३७ विमान केरलाको कोझिकोडे विमानस्थलमा दुर्घटना भएको थियो´ ।

उक्त विमानमा चालकदलका सदस्य सहित १९१ जना यात्रु सवार थिए।´ जसमध्ये १४ जनाको मृत्यु भएको एएनआईले जनाएको छ। दुर्घटनामा १२३ जना घाईते भएका छन् भने १५ जना गम्भिर अवस्थामा रहेका छन्।´

उक्त विमान ल्याण्ड गर्ने क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको थियो। विमान दुई टुक्रा भएको छ ।´ उद्धारको काम जारी रहेको छ।दुबई बाट गएको एयर ईण्डियाको विमान दुर्घटनामा मृत्यु हुनको संख्या १४ पुग्यो, १५ जना गम्भिर घाइते ।

प्रकाशित मिति August 7, 2020
Loading...