नेपाली भूमि हडप्न खोजेर भारतले गम्भीर गल्ती गर्‍यो : भारतिय बरिष्ठ राजनीतिज्ञ

नयाँ दिल्ली –  नेपालको भूमि हडप्न खोजेर भारतले गम्भीर गल्ती गरेको भारतका एक राजनीतिज्ञले स्पष्ट पारेका छन् । उनले नेपालले उक्त क्षेत्रका बारे गत नोभेम्बरदेखि नै दर्बिलो तरिकाले उक्त मुद्दा उठाइरहेका बेला भूमि नै प्रयोग गरेर अत्यन्तै ठूलो कुटनीतिक गल्ती गरेको उनको दावी छ । नेपालसँगको सम्बन्धन तनावपूर्ण बन्‍नुमा भारतको नै गम्भीर कूटनीतिक कमजोरी रहेको भारतका वरिष्ठ राजनीतिज्ञ करण सिंहको दावी हो ।

नेपाल–भारत सम्बन्धका जानकार उनले सोमबार प्रेस विज्ञप्ति नै जारी गर्दै सीमा विवाद पुरानो भए पनि गत नोभेम्बरमा नेपालले उक्त मुद्दा उठाउँदा भारतले गम्भीरतापूर्वक नलिएर ठूलो गल्ती गरेको बताएका छन्। गत नोभेम्बरमै नेपालले उक्त विषय उठाउँदा भारतले गम्भीरतापूर्वक नलिएको देख्दा आश्‍चर्य लागेको उनले बताएका छन्। त्यतिखेर तत्कालै विदेश सचिवस्तरीय वार्ताका पहल गर्नुपर्ने थियो, उनले भनेका छन्, आवश्यक परेको खण्डमा परराष्ट्रमन्त्री र प्रधानमन्त्री तहमा पनि संवाद हुनुपर्ने थियो, तर भारतले वार्ताको तदारुकता नदेखाएर गम्भीर गल्ती गर्‍यो।

अझ नक्सा मात्र छापेन भारतले भूमी नै प्रयोग गर्न थालेर असल छिमेकी र त्यहाँका जनतामाथी घात गरेको उनको बुझाई छ । नेता सिंहले भारतका तर्फबाट भएको गम्भीर कूटनीतिक कमजोरीकै परिणाम अहिलेको जटिल परिस्थिति सिर्जना भएको जनाएका छन्। भारतले नेपाली भू–भाग कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई समेटेर २०१९ नोभेम्बरमा नयाँ राजनीतिक नक्सा निकालेपछि नेपालले आपत्ति जनाएको थियो। भारतले नयाँ नक्सा निकालेपछि नेपालले वार्ताका लागि दुई पटकसम्म कूटनीतिक नोट पठाएर वार्ताका लागि आग्रह गरेको थियो।

नेपालको उक्त आग्रहलाई भारतले बेवस्ता मात्रै गरेन लिपुलेक क्षेत्रमा नेपाली भूमिबाटै बनाएको सडक नै उद्घाटन गर्‍यो। नेता सिंहले व्यक्तिगत र राजनीतिक नाता भएका हिसाबले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई मुलुकबीचको सम्बन्ध बिगारेको पनि आरोप लगाएका छन्। गहिरो सामाजिक, सांस्कृतिक, परम्परागत, आर्थिक र राजनीतिक सम्बन्धका बाबजुद नेपाललाई सच्याउन नमिल्ने गरी प्रधानमन्त्री ओलीजीले सधैँका लागि भारतसँगको द्वन्द्वको अवस्थामा पुर्‍याएकोमा भने दुःख लागेको छ।

 

प्रकाशित मिति August 7, 2020
Loading...