खुशीको खबर : यसरी बन्दैछ देशकै सबैभन्दा ठुलो सवस्टेशन, नेपालले विदेशमा बिधुत बेच्ने लगभग पक्का (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौं-:  मन भित्रैदेखि गर्नुपर्छ हरेक कामको सफलता नेपालभित्र हरेक नेताले गर्न सक्छन, कुरा यति मात्र हो चाहना र दृढ इच्छा शक्ति हुनुपर्छ | सन्दर्भ हो नेपाल बिधुत क्षेत्रमा भएको अत्यधिक बिकासको लहर |

बिधुत निर्यात तथा आयातलाई अति नै सहज बनाउने उद्धेश्यका साथ नेपाल सरकारले देशभित्र अहिले सम्मकै ठूलो क्षमताको सवस्टेशनबनाइरहेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार धनुषाको ढल्केबरमा निर्माण भैरहेको अवस्थामा ४०० केभी क्षमताको सो सवस्टेशन आगामी पुसभित्र निर्माण सम्पन्न हुनेछ |

देशभित्रको बिधुत प्रसारण लाइनलाई अझै शसक्त र सुदृढीकरण गर्दै नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि मार्ग प्रशस्त गर्ने हेतुका साथ उक्त सवस्टेसन आगामी पुसभित्र अथवा डिसेम्बर २०१९ भित्रै संचालनमा ल्याइने छ |

प्रकाशित मिति June 20, 2019
Loading...